News Portal

रेडियो सुन्नुहोस्

फेरि पस्यो बुढदेविमा भुसबाङखोला

झुलेनी नेटवर्क२०८१ श्रावण १६
३७३ पटक
२०८१ श्रावण १६

आज बिहान प्युठान नगरपालिका ९ र १० सीमा पर्ने बुढदेवि बजार क्षेत्रमा भुसवाङखोलामा आएको बाढी पस्दा दर्जनौँ स्थानीय विस्थापित भएका छन् । घरमा माटो ढुंगा सहितको लेदो पसेर स्थानीयको लत्ताकपडा,अन्नपात पुरेको छ । खोलामा लेदो आउने क्रम अझै रोकिएको छैन ।

माटोढुंगा हटाउन प्रयोग गरिएको एउटा एक्स्काभेटर(डोजर)समेत लेदोले पुरेको छ । स्थानीय बासी,नेपाल प्रहरी, नेपाली सेनाको टोलीले माटोढुंगा हटाएर पुरिएको एक्स्काभेटर(डोजर)निकाल्ने प्रयास गरिरहेका छन् । स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गराइएको छ ।

ढुंगामाटो हटाएर स्थानीयको पुरिएका लत्ताकपडा, सरसामान निकाल्न थालिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख (डिएसपी) ईश्वर थापाले जानकारी दिए । यस अघि यही साउन १० गते बिहीबार पनि खोलोमा बाढी आएर स्थानीयको घर पुरेको थियो । गत वर्ष  मल्लरानी ४ खलङ्गा पातिहाल्ना बुकेनी सोल्लाना हुँदै अर्घाखाँची गुल्मी जोड्ने सडक निर्माण भएदेखि खोलामा बाढी आउन थालेको स्थानीय बताउँछन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...