News Portal

रेडियो सुन्नुहोस्

फेरि पस्यो बुढदेविमा भुसबाङखोला

झुलेनी नेटवर्क२०८१ श्रावण १६
६१८ पटक
२०८१ श्रावण १६

आज बिहान प्युठान नगरपालिका ९ र १० सीमा पर्ने बुढदेवि बजार क्षेत्रमा भुसवाङखोलामा आएको बाढी पस्दा दर्जनौँ स्थानीय विस्थापित भएका छन् । घरमा माटो ढुंगा सहितको लेदो पसेर स्थानीयको लत्ताकपडा,अन्नपात पुरेको छ । खोलामा लेदो आउने क्रम अझै रोकिएको छैन ।

माटोढुंगा हटाउन प्रयोग गरिएको एउटा एक्स्काभेटर(डोजर)समेत लेदोले पुरेको छ । स्थानीय बासी,नेपाल प्रहरी, नेपाली सेनाको टोलीले माटोढुंगा हटाएर पुरिएको एक्स्काभेटर(डोजर)निकाल्ने प्रयास गरिरहेका छन् । स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गराइएको छ ।

ढुंगामाटो हटाएर स्थानीयको पुरिएका लत्ताकपडा, सरसामान निकाल्न थालिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख (डिएसपी) ईश्वर थापाले जानकारी दिए । यस अघि यही साउन १० गते बिहीबार पनि खोलोमा बाढी आएर स्थानीयको घर पुरेको थियो । गत वर्ष  मल्लरानी ४ खलङ्गा पातिहाल्ना बुकेनी सोल्लाना हुँदै अर्घाखाँची गुल्मी जोड्ने सडक निर्माण भएदेखि खोलामा बाढी आउन थालेको स्थानीय बताउँछन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...