News Portal

रेडियो सुन्नुहोस्

बुढदेविको बाढी रोक्न बायो–इन्जिनियरिङ गरिँदै

झुलेनी नेटवर्क२०८१ श्रावण १७
७७८ पटक
२०८१ श्रावण १७

गत वर्षदेखि बाढीले प्रभावित गरेको मरन्ठानाको बुढदेवि वस्तिभन्दा माथि बायो–इन्जिनियरिङको काम सुरु हुँदैछ । उक्त काम सुरु भइरहेको सडक डिभिजन कार्यालय प्युठानका प्रमुख राजीव श्रेष्ठले बताए ।

बायो–इन्जिनियरिङ अन्तरगत वृक्षारोपण र बिरुवाजन्य संरचनाहरूबाट माटोको क्षयीकरण नियन्त्रण गरिन्छ । गत शनिवार सडक डिभिजनका प्राविधिकसहित त्यहाँको भौगोलिक संरचना र भू–बनोटको अवलोकन गरी बायो–इन्जिनियरिङको काम अगाडि बढाउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले बताए ।

“हामीले त्यहाँको भौगोलिक अवस्थाको अनुगमन गरेर बायो–इन्जिनियरिङको काम तत्काल अगाडि बढाउन भनेका छौँ ।” अर्यालले भने– “धेरै ठाउँको पानी जम्मा भएर एकै ठाउँमा ह्युमपाईप बाट जाँदा पनि जमिनको धेरै क्षयीकरण भएको देखियो । त्यसैले ति पाइप बन्द गरेर पानीलाई विकेन्द्रित हुन दिन भनेका छौँ ।”

बस्ती माथि जथाभाबी सडक खन्दा प्युठान नगरपालिका ९ र १० को सिमा क्षेत्रमा रहेको बुढदेवीमा बाढी पसेर क्षेति गरेको छ । श्रावण १० र १६ गते उक्त क्षेत्रमा बाढी पसेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...