News Portal

रेडियो सुन्नुहोस्

बुढदेविको बाढी रोक्न बायो–इन्जिनियरिङ गरिँदै

झुलेनी नेटवर्क२०८१ श्रावण १७
९१४ पटक
२०८१ श्रावण १७

गत वर्षदेखि बाढीले प्रभावित गरेको मरन्ठानाको बुढदेवि वस्तिभन्दा माथि बायो–इन्जिनियरिङको काम सुरु हुँदैछ । उक्त काम सुरु भइरहेको सडक डिभिजन कार्यालय प्युठानका प्रमुख राजीव श्रेष्ठले बताए ।

बायो–इन्जिनियरिङ अन्तरगत वृक्षारोपण र बिरुवाजन्य संरचनाहरूबाट माटोको क्षयीकरण नियन्त्रण गरिन्छ । गत शनिवार सडक डिभिजनका प्राविधिकसहित त्यहाँको भौगोलिक संरचना र भू–बनोटको अवलोकन गरी बायो–इन्जिनियरिङको काम अगाडि बढाउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले बताए ।

“हामीले त्यहाँको भौगोलिक अवस्थाको अनुगमन गरेर बायो–इन्जिनियरिङको काम तत्काल अगाडि बढाउन भनेका छौँ ।” अर्यालले भने– “धेरै ठाउँको पानी जम्मा भएर एकै ठाउँमा ह्युमपाईप बाट जाँदा पनि जमिनको धेरै क्षयीकरण भएको देखियो । त्यसैले ति पाइप बन्द गरेर पानीलाई विकेन्द्रित हुन दिन भनेका छौँ ।”

बस्ती माथि जथाभाबी सडक खन्दा प्युठान नगरपालिका ९ र १० को सिमा क्षेत्रमा रहेको बुढदेवीमा बाढी पसेर क्षेति गरेको छ । श्रावण १० र १६ गते उक्त क्षेत्रमा बाढी पसेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...