News Portal

रेडियो सुन्नुहोस्

फराकिलो होला क्वाडि–बिजुवार–बाग्दुला सडक ?

बिबश जि एम२०८१ श्रावण २२
५७६ पटक
२०८१ श्रावण २२

सडक डिभिजन कार्यालय प्युठानले क्वाडि–बिजुवार–बाग्दुला सडक विस्तारको टेन्डर खुलाएको छ । प्युठान नगरपालिका १ क्वाडी स्थित बेलुवा खोलादेखि प्युठान नगरपालिका ८ बाग्दुलासम्म कालोपत्रे सडक विस्तारको लागि टेन्डर खुलाएको सडक डिभिजन प्युठानले जनाएको छ । प्युठान नगरपालिका १ स्थित बेलुवाखोला–बाग्दुला सडक खण्ड अन्तर्गत पर्ने मोटर बाटो यस आर्थिक वर्षमा ५ सय मिटर सडक विस्तार गर्ने गरी सडकले टेन्डर निकालेको हो । जस अन्तर्गत दायाँबायाँ गरी १५ मिटरको चौडा बनाउने, पर्खाल उठाउने, नाली बनाउने, ग्राभेल सहित कालोपत्रे गर्ने कार्यालयले जनाएको छ । नेपाल सरकारको वैकल्पिक सहायक राजमार्ग शीर्षक अन्तर्गत विनियोजित १ करोड बजेटमा उक्त काम गर्ने सडक डिभिजन कार्यालय प्युठानले जनाएको छ ।

सडक विस्तार गर्दा सडक वरिपरि रहेका घर टहराहरू हटाउनुपर्ने भएमा स्थानीय समुदाय, स्थानीय प्रशासन र प्युठान  नगरपालिकासँग समन्वय गरिने सडक डिभिजन कार्यालय प्युठानका प्रमुख राजीव श्रेष्ठले बताए । सडक साँघुरो  खाल्डाखुल्डी भएकाले यात्रामा असहज भएको अवस्थामा सडक चौडा र कालोपत्रे गर्ने योजना बनेको श्रेष्ठले बताए । यसपछि  यात्रामा थप सहज हुने आशा गरिएको छ । सडक विस्तारको कामले बर्सेनि भइरहने दुर्घटनालाई समेत कम गर्नमा सहयोग पुग्ने सडक डिभिजन कार्यालयले विश्वास लिएको छ । क्वाडी– बिजुवार– बाग्दुला सडक विस्तार गर्ने काम सडक डिभिजन कार्यालयले गर्न थालेको बताउँदै प्युठान नगरपालिकाले सहजीकरण गर्ने प्युठान नगरपालिकाका मेयर विष्णु बहादुर योगीले बताए । “सडक विस्तार गर्ने सबैको साझा धारण छ”, मेयर योगीले भने -“त्यसले गर्दा बाटोलाई अवरोध नहुने गरी स्थानीयसँग  सहमति गरेर अघि बढ्छौ ।”

घर टहराहरू हटाउनुपर्ने सम्भावित स्थानमा सोही ठाउँका स्थानीयसँग त्यसबारे छलफल गर्ने तयारीमा नगरपालिका रहेको मेयर योगीले बताए । उनका अनुसार बेलुवा क्वाडी हुँदै बाग्दुलासम्मको बाटोमा धेरै चाँप, साँघुरो बाटो भएका कारण असुरक्षा भएको भन्दै सबैको एउटै निष्कर्ष भनेको बाटो विस्तार नै हो । यसको लागि नगरपालिकासँग सबैले हातेमालो गरेर अघि बढ्न आवश्यक रहेको मेयर योगीको भनाई छ ।

प्युठान नगरपालिकाका उपमेयर देवेन्द्र बर्माले सडक विस्तारको लागि हटाउनुपर्ने अस्थायी तथा स्थायी संरचनाको तथ्याङ्क यति नै हो भन्ने नगरपािलकास‌ग नभएको बताए । यस अघि नै नगरपालिका भित्रका स्थानीय, राजनीतिक दल, विभिन्न सरोकारवाला निकायसँग बाटो चौडाइ बनाउने विषयमा छलफल भएको बताए । यस अघि सडक विस्तार गर्न हुँदैन भन्दै आन्दोलन गरेका स्थानीयले अहिले बेलुवा–बाग्दुला बाटो विस्तार अन्तर्गत जुम्रीसम्म बाटो विस्तार गर्दा कुनै समस्या नहुने बताएका छन् । बाटो विस्तारको क्रममा क्षति भएमा सबैलाई क्षतिपूर्ति दिएको खण्डमा कुनै समस्या नहुने प्युठान नगरपालिका वडा नम्बर २ का स्थानीय मुक्ति पोख्रेलले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...