News Portal

रेडियो सुन्नुहोस्

फराकिलो होला क्वाडि–बिजुवार–बाग्दुला सडक ?

बिबश जि एम२०८१ श्रावण २२
८२५ पटक
२०८१ श्रावण २२

सडक डिभिजन कार्यालय प्युठानले क्वाडि–बिजुवार–बाग्दुला सडक विस्तारको टेन्डर खुलाएको छ । प्युठान नगरपालिका १ क्वाडी स्थित बेलुवा खोलादेखि प्युठान नगरपालिका ८ बाग्दुलासम्म कालोपत्रे सडक विस्तारको लागि टेन्डर खुलाएको सडक डिभिजन प्युठानले जनाएको छ । प्युठान नगरपालिका १ स्थित बेलुवाखोला–बाग्दुला सडक खण्ड अन्तर्गत पर्ने मोटर बाटो यस आर्थिक वर्षमा ५ सय मिटर सडक विस्तार गर्ने गरी सडकले टेन्डर निकालेको हो । जस अन्तर्गत दायाँबायाँ गरी १५ मिटरको चौडा बनाउने, पर्खाल उठाउने, नाली बनाउने, ग्राभेल सहित कालोपत्रे गर्ने कार्यालयले जनाएको छ । नेपाल सरकारको वैकल्पिक सहायक राजमार्ग शीर्षक अन्तर्गत विनियोजित १ करोड बजेटमा उक्त काम गर्ने सडक डिभिजन कार्यालय प्युठानले जनाएको छ ।

सडक विस्तार गर्दा सडक वरिपरि रहेका घर टहराहरू हटाउनुपर्ने भएमा स्थानीय समुदाय, स्थानीय प्रशासन र प्युठान  नगरपालिकासँग समन्वय गरिने सडक डिभिजन कार्यालय प्युठानका प्रमुख राजीव श्रेष्ठले बताए । सडक साँघुरो  खाल्डाखुल्डी भएकाले यात्रामा असहज भएको अवस्थामा सडक चौडा र कालोपत्रे गर्ने योजना बनेको श्रेष्ठले बताए । यसपछि  यात्रामा थप सहज हुने आशा गरिएको छ । सडक विस्तारको कामले बर्सेनि भइरहने दुर्घटनालाई समेत कम गर्नमा सहयोग पुग्ने सडक डिभिजन कार्यालयले विश्वास लिएको छ । क्वाडी– बिजुवार– बाग्दुला सडक विस्तार गर्ने काम सडक डिभिजन कार्यालयले गर्न थालेको बताउँदै प्युठान नगरपालिकाले सहजीकरण गर्ने प्युठान नगरपालिकाका मेयर विष्णु बहादुर योगीले बताए । “सडक विस्तार गर्ने सबैको साझा धारण छ”, मेयर योगीले भने -“त्यसले गर्दा बाटोलाई अवरोध नहुने गरी स्थानीयसँग  सहमति गरेर अघि बढ्छौ ।”

घर टहराहरू हटाउनुपर्ने सम्भावित स्थानमा सोही ठाउँका स्थानीयसँग त्यसबारे छलफल गर्ने तयारीमा नगरपालिका रहेको मेयर योगीले बताए । उनका अनुसार बेलुवा क्वाडी हुँदै बाग्दुलासम्मको बाटोमा धेरै चाँप, साँघुरो बाटो भएका कारण असुरक्षा भएको भन्दै सबैको एउटै निष्कर्ष भनेको बाटो विस्तार नै हो । यसको लागि नगरपालिकासँग सबैले हातेमालो गरेर अघि बढ्न आवश्यक रहेको मेयर योगीको भनाई छ ।

प्युठान नगरपालिकाका उपमेयर देवेन्द्र बर्माले सडक विस्तारको लागि हटाउनुपर्ने अस्थायी तथा स्थायी संरचनाको तथ्याङ्क यति नै हो भन्ने नगरपािलकास‌ग नभएको बताए । यस अघि नै नगरपालिका भित्रका स्थानीय, राजनीतिक दल, विभिन्न सरोकारवाला निकायसँग बाटो चौडाइ बनाउने विषयमा छलफल भएको बताए । यस अघि सडक विस्तार गर्न हुँदैन भन्दै आन्दोलन गरेका स्थानीयले अहिले बेलुवा–बाग्दुला बाटो विस्तार अन्तर्गत जुम्रीसम्म बाटो विस्तार गर्दा कुनै समस्या नहुने बताएका छन् । बाटो विस्तारको क्रममा क्षति भएमा सबैलाई क्षतिपूर्ति दिएको खण्डमा कुनै समस्या नहुने प्युठान नगरपालिका वडा नम्बर २ का स्थानीय मुक्ति पोख्रेलले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...