News Portal

रेडियो सुन्नुहोस्

कसरी चल्यो अप्रिल फूलको चलन ?

१३२९ पटक

 

हरेक वर्ष अप्रिल १ गते अप्रिल फूल दिवस मनाएर मानिसहरु अरुलाई मुर्ख बनाउने प्रयत्न गर्दछन् । एक अर्कालाई मुर्ख बनाएर मजाक गर्नेहरु धेरै हुन्छन्, यस दिनमा । आखिर अप्रिल १ तारेखलाई किन मुर्ख दिवस भनिन्छ त ?

योसँग जोडिएका केही रोचक किस्सा छन् । अप्रिल फूल डेको सुरुवात फ्रान्सबाट भएको विश्वास गरिन्छ । सन् १५८२ मा पोप ग्रेगरी १३ ले हरेक युरोपेली देशहरुलाई जुलियन क्यालेन्डर छाडी ग्रेगोरियन क्यालेन्डर अनुसार चल्न आव्हान गरे ।

ग्रेगोरियन क्यालेन्डरमा नयाँ वर्ष १ अप्रिल होइन कि १ जनवरीदेखि सुरु हुन्छ । उक्त परिवर्तनपछि पनि युरोपमा धेरै मानिसहरु जुलियन क्यालेन्डर अनुसार नै नयाँ वर्ष मनाइरहेका थिए किनकि धेरैले पात्रो फेरिएको थाहा थिएन वा ग्रेगोरियन क्यालेन्डरप्रति रुचि थिएन ।

जो मानिसहरुले नयाँ पात्रो अपनाए उनीहरुले पुरानो पात्रो अनुसार १ अप्रिलमा नयाँ वर्ष मनाइरहेका मानिसहरुलाई मुर्ख भन्न सुरु गरे । विस्तारै विस्तारै पुरानो पात्रोको त्यो नयाँ वर्ष त मानिसहरुले एक अर्कालाई बेवकुफ र मुर्ख मनाउने दिनकै रुपमा स्थापित भयो । दुनियाँका धेरै देशका मानिसहरुले यसलाई अपनाउन थाले ।

एउटा अर्को कहानी अनुसार सन् १८६० को अप्रिल १ तारेखकादिन बेलायतको लण्डनमा हजारौँ मानिसहरुको घरमा पोष्टकार्ड प्रेषित गरी सोही दिन बेलुका टावर अफ लण्डनमा सेतो रंगका गधालाई स्नान गराइने जानकारी दिइयो । गधाको दर्शनका लागि पोष्टकार्ड बोकेर आउनका लागि पनि निम्तो दिइएको थियो । तर त्यस दिन कुनै खास कारणले टावर अफ लण्डन बन्द थियो । जति मानिसहरु गधा हेर्न भन्दै आए उनीहरु मुर्ख बन्दै फर्किए । त्यसपछि नै अप्रिल १ लाई मुर्ख दिवसको रुपमा मनाउन थालिएको विश्वास गर्छन् कतिपयले ।

copy:- onlinekhabar

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...