News Portal

रेडियो सुन्नुहोस्

प्युठानको ऐरावतीमा शिक्षक मृत अवस्थामा फेला

झुलेनी नेटवर्क२०८१ भदौ ११
२८३ पटक
२०८१ भदौ ११

जिल्लाको ऐरावती गाउँपालिका वडा नं ६ मा एक जना शिक्षक मृत अवस्थामा फेला परेका छन् ।

जनता माध्यमिक विद्यालयका शिक्षक चन्द्रप्रकाश सापकोटा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव के.सी. बताए ।

जनता माध्यमिक विद्यालय बिजुली देखि २ किलोमिटर दुरीमा बाटोमा उनको शव फेला परेको के.सी. ले बताए । उनका अनुसार मृतक सापकोटाको सरिरमा कुनै बाहिरी चोट देखिएको छैन । मृत्युको कारणबारे पोस्टमार्टम रिपोर्टपछि मात्रै भन्न सकिने उनको भनाई छ ।

जनता मा.बि. मा पढाउँदै आएका शिक्षक सापकोटाको घर कैलाली टिकापुर हो । उनका कोही आफन्त यता छैनन् । विद्यालयमै बस्दै आएका उनी बरौलामा शिक्षकको तालिममा गएको र फर्किने बेला उक्त घटना भएको प्रहरीको अनुमान छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बेलुवामा बेलपत्रेश्वर धार्मिक महायज्ञ सुरु

प्युठान नगरपालिका १ क्वाडी बेलुवामा सोमबारदेखि बेलपत्रेश्वर विराट धार्मिक महायज्ञ, शिव महापुराण तथा श्रृङ्गारिक गंगा...

जन्मदिनमा युरोपबाट १० लाखको बिमा उपहार

प्यूठानमा श्रीमानले श्रीमतीलाई बिमा पोलिसि उपहार दिएका छन्। स्वर्गद्वारी नगरपालिका ८ दहचौरका पदम बहादुर जि.सी....

नालापानी किल्लामा लडे,प्यूठान रम्दीका दयाराम खड्का

प्यूठानको माण्डबी गाउँपालिका ५ रम्दीकोट जन्मथलो भएका पुँवार खड्काहरुले नेपाली सेनामा पु¥याएको योगदानको राज्यले मूल्यांकन...

जिप दुर्घटनामा २ जनाको मृत्यु

सिंगल क्याप जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ लु २ च २९९० नम्बरको...

कृतिम बुद्घिमता(एआई) सम्बन्धि तालिम सम्पन्न

कृतिम बुद्घिमता(एआई) को प्रयोगसम्बन्धि तालिम प्यूठानमा सम्पन्न भएको छ। जिल्लाका ५ क्याम्पस र ५ माविमा...