News Portal

रेडियो सुन्नुहोस्

बाढी पीडित बुढादेवीबासीको समस्या कसैले बुझेनन्

झुलेनी नेटवर्क२०८१ भदौ १३
५९५ पटक
२०८१ भदौ १३

प्यूठान नगरपालिका–९ र १० बुढादेवीमा विस्थापित परिवारको पुनः स्थापना नहुँदा स्थानीय समस्यामा छन् । एक महिना अघि घरमा बाढी पस्दा विस्थापित परिवारको पुनः स्थापना नहुँदा पीडितहरू समस्यामा परेका हुन् । आफन्त, भाडाको घरमा बसेका पीडितहरूलाई सरकारले पुनः स्थापना गर्न कुनै कदम नचालेको गुनासो गर्न थालेका छन् ।

साउन १० गते भुसवाङ खोलामा लेदो सहितको बाढी आइ घरमा पस्दा प्यूठान नगरपालिका–९ र १० का १५ घर विस्थापित भएका थिए । त्यस मध्ये ७ घर पूर्ण रूपमा विस्थापित छन् । प्युठान नगरपालिका–१० की बाढी पीडित पार्वता सुनारले सरकारले आफ्नो आवासको टुङ्गो लगाइदिनु पर्नेमा केही चासो नदेखाएको गुनासो गरिन । गत वर्ष पनि बर्खा याम सुरु भएपछि विस्थापित भई दुई महिनामा घरमा फर्केको बताइन । त्यस यता स्थानीय प्रदेश र केन्द्रको सरकाले कुनै योजना नबनाउँदा आफूहरू समस्यामै रहेको बताइन् । विस्थापितहरूले स्थानीय सरकारलाई दिगो व्यवस्थापनको लागि  अनुरोध गरे पनि बेवास्ता गरेका कारण यस वर्ष पनि सोही नियति भोग्नु परेको बताउँछन्  । ‘ गत वर्ष हाम्रो माग सुनुवाइ भएन, सोही कारण यस वर्ष समस्या थप भई विस्थापित हुनुप¥यो,उनले भनिन्,‘यस वर्ष त घर फर्किन मिल्ने छैन । अव कहाँ जाने ? कति दिन अरूको घरमा बस्ने ?’

सुनार प्युठान नगरपालिका–९ पारपाखा स्थित देवरको घरमा सहारा लिएर बसेकी छन् । पक्की घर काम नलाग्ने भएपछि श्रीमानको जीवनभरको कमाई खेर गएको छ । घर बनाउनका लागि जग्गा भए पनि पुरिएर क्षतिग्रस्त घर बनाउँदाको ऋणले घर बनाउन नसकिने अवस्था रहेको उनको भनाइ छ ।

प्यूठान नगरपालिका–१० कै लिलबहादुर नेपालीको घरमा बाढी पस्दा बस्न योग्य छैन । स्थानीय बजारमा जुत्ता सिलाएर गुजारा गरेका उनी पनि पुनः स्थापनाको पर्खाइमा रहेको बताउँछन् । ‘हामी हाम्रा जग्गामा घर बनाउन चाहन्छौँ’, नेपालीले भने,‘त्यसका लागि स्थानीय तह सहित सबै सरकारले चासो सहयोग गर्नुप¥यो ।’ बाढीले सताइरहेको क्षेत्रको सुरक्षाका लागि दीर्घकालीन योजना लिनुपर्ने उनको भनाइ छ ।

प्युठान नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर योगीले बाढीपीडितहरूको विषयमा छलफल गर्न कार्यपालिकाको बैठक आयोजना गरी छलफल गरेको बताए । ‘बाढी रोक्नका लागि नगरपालिकाले बायोइञ्जिनियरिङ गर्न डिपिआर गर्न थालेको छ’नगर प्रमुख योगीले भने,‘डिपिआर पश्चात् सबै सरकोरवालाहरुसंग अन्तरक्रिया राखेर तीनै तहका सरकारले काम गर्ने गरी समन्वय गर्दैछौ ।’

गत वर्ष  मल्लरानी ४ खलङ्गा पातिहाल्ना बुकेनी सोलाहाल्ना हुँदै अर्घाखाँची गुल्मी जोड्ने सडक निर्माण भएदेखि खोलामा बाढी आउन थालेको हो । बुढादेवीको शिरमा खलङ्गा देखि अर्घाखाँची जोड्ने सडक खन्दा भूक्षय रोक्ने कुनै विधि प्रयोग नहुँदा दुई वर्ष देखि बर्षायाममा समस्या झेल्दै आएका छन् । त्यस्तै नगरपालिकाले पनि कुनै पूर्व तयारी यही क्षेत्रमै जथाभाबी सडक निर्माण गरेकाले थप समस्या निम्त्याएको स्थानीयको गुनासो छ । सडक डिभिजन कार्यालय प्युठानले भूक्षय रोक्न बायो इन्जिनियरिङ गरे पनि पानी परेपछि बाढी रोकिएको छैन । बुढादेवीका २३ घर बाढीबाट प्रभावित भएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...