News Portal

रेडियो सुन्नुहोस्

सामाजिक सञ्जालबाट ३५ वर्षपछि भेटिए किर्तिमान 

शशिधर भण्डारी२०८१ भदौ १६
५६५ पटक
२०८१ भदौ १६

परिवार सङ्ग सम्पर्क टुटेको ३५ वर्षपछि प्युठानको गौमुखी गाउँपालिका ४ खोलावाङका ५७ वर्षीय किर्तिमान सुनारलाई सामाजिक सञ्जालले परिवार सङ्ग मिलन गराएको छ ।

९ वर्षको उमेरदेखि भारत जान सुरु गरेका किर्तिमान २२ वर्षको उमेरदेखि परिवारको सम्पर्कमा थिएनन् । हराउनु पूर्व १८ वर्षको उमेरमा भारत गएका उनको ४ वर्षसम्म सम्पर्क थियो । तर, धेरै पैसा कमाउने लोभमा आफू पहिले बसेको ठाउँबाट आसाम बोमडुल्ला पुगेपछि परिवारसँगको सम्पर्क टुटेको थियो ।

२२ वर्षको उमेरमा भारतको आसाम बोमडुल्लाबाट हराएका उनी  फेसबुकका माध्यमबाट घर आइपुगेपछि परिवारमा खुसी छाएको छ । एक महिना अघि स्थानीय युवक मोहन सुनार सङ्ग फेसबुकमा भेट भएपछि किर्तिमानको पुनः पारिवारिक पुनर्मिलन भएको हो ।

भेट्ने आशा मारेको छोरा ३५ वर्षपछि सकुशल घर आउँदा खुसी छाएको किर्तिमानकी ८२ वर्षीय आमा चिमकली सुनारले बताइन । ‘सम्झना र चिन्ताले आशु बगाउँदा बगाउँदा ३५ वर्ष पुगेछ’ चिमकलीले भनिन्–‘बेपत्ता छोरो आएपछि खुसीले मर्न पाउने भए भन्ने ठानेकी छु ।’

गाउँका साथी सङ्गी नातेदार मार्फत पत्र आदान प्रदान भइरहेको थियो । तर अचानक सम्पर्क विहीन हुन पुगे । लामो समय सम्पर्क विहीन भएपछि परिवारले भेटिने आशा मारिसकेको थियो । किर्तिमानको परिवारमा अहिले खुसीयाली छाएको छ ।

किर्तिमानले ठेगाना र बसाई फेरिएपछि सम्पर्कमा आउन नसकेको सुनाए । भारतको दुर्गम मानिने आसाम तेजु गाउँमा गएपछि आफन्त र साथीभाइको सम्पर्क टुटेको बताए । सामाजिक सञ्जालमा जोडिएपछि उनी घर फर्किएका हुन् । घरमा अहिले किर्तिमानलाई भेट्न र हेर्न आउने आफन्त मात्र होइन, छिमेकी र साथीभाइको समेत लर्को  लागेको छ । लामो समयपछि पारिवारिक पुनः मिलनले खुसी लागेको किर्तिमानको भनाइ छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...