News Portal

रेडियो सुन्नुहोस्

सामाजिक सञ्जालबाट ३५ वर्षपछि भेटिए किर्तिमान 

शशिधर भण्डारी२०८१ भदौ १६
३६० पटक
२०८१ भदौ १६

परिवार सङ्ग सम्पर्क टुटेको ३५ वर्षपछि प्युठानको गौमुखी गाउँपालिका ४ खोलावाङका ५७ वर्षीय किर्तिमान सुनारलाई सामाजिक सञ्जालले परिवार सङ्ग मिलन गराएको छ ।

९ वर्षको उमेरदेखि भारत जान सुरु गरेका किर्तिमान २२ वर्षको उमेरदेखि परिवारको सम्पर्कमा थिएनन् । हराउनु पूर्व १८ वर्षको उमेरमा भारत गएका उनको ४ वर्षसम्म सम्पर्क थियो । तर, धेरै पैसा कमाउने लोभमा आफू पहिले बसेको ठाउँबाट आसाम बोमडुल्ला पुगेपछि परिवारसँगको सम्पर्क टुटेको थियो ।

२२ वर्षको उमेरमा भारतको आसाम बोमडुल्लाबाट हराएका उनी  फेसबुकका माध्यमबाट घर आइपुगेपछि परिवारमा खुसी छाएको छ । एक महिना अघि स्थानीय युवक मोहन सुनार सङ्ग फेसबुकमा भेट भएपछि किर्तिमानको पुनः पारिवारिक पुनर्मिलन भएको हो ।

भेट्ने आशा मारेको छोरा ३५ वर्षपछि सकुशल घर आउँदा खुसी छाएको किर्तिमानकी ८२ वर्षीय आमा चिमकली सुनारले बताइन । ‘सम्झना र चिन्ताले आशु बगाउँदा बगाउँदा ३५ वर्ष पुगेछ’ चिमकलीले भनिन्–‘बेपत्ता छोरो आएपछि खुसीले मर्न पाउने भए भन्ने ठानेकी छु ।’

गाउँका साथी सङ्गी नातेदार मार्फत पत्र आदान प्रदान भइरहेको थियो । तर अचानक सम्पर्क विहीन हुन पुगे । लामो समय सम्पर्क विहीन भएपछि परिवारले भेटिने आशा मारिसकेको थियो । किर्तिमानको परिवारमा अहिले खुसीयाली छाएको छ ।

किर्तिमानले ठेगाना र बसाई फेरिएपछि सम्पर्कमा आउन नसकेको सुनाए । भारतको दुर्गम मानिने आसाम तेजु गाउँमा गएपछि आफन्त र साथीभाइको सम्पर्क टुटेको बताए । सामाजिक सञ्जालमा जोडिएपछि उनी घर फर्किएका हुन् । घरमा अहिले किर्तिमानलाई भेट्न र हेर्न आउने आफन्त मात्र होइन, छिमेकी र साथीभाइको समेत लर्को  लागेको छ । लामो समयपछि पारिवारिक पुनः मिलनले खुसी लागेको किर्तिमानको भनाइ छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...