News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा बच्चा जन्माउने महिलाको सङ्ख्या घट्यो

बोम बहादुर परियार२०८१ भदौ २०
६७० पटक
२०८१ भदौ २०

जिल्लामा सुत्केरी हुने महिलाको सङ्ख्या घट्दै गएको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा सुत्केरी हुनेको सङ्ख्या घटेको हो । जिल्ला स्वास्थ्य कार्यालय प्युठानको तथ्याङ्क अनुसार बच्चा जन्माउने महिलाको सङ्ख्या घट्दै गएको छ । २०७९/८० मा ४ हजार ७४ जना सुत्केरी भएकोमा २०८०/८१ मा घटेर ३ हजार ३ सय ९८ जना पुगेको स्वास्थ्य कार्यालय प्युठानका तथ्याङ्क अधिकृत बसन्त पोख्रेलले बताए ।

कार्यालयका अनुसार एक वर्षकै अवधिमा ६ सय ७६ बच्चा जन्माउने महिला घटेका हुन् । पछिल्लो समय दम्पतिहरुको परिवार नियोजन प्रति चासो बढ्दै जानु र युवा युवती रोजगारीका लागि बिदेसिनेहरू बढेका कारण जिल्लामा सुत्केरी हुनेको सङ्ख्या घट्दै गएको स्वास्थ्य कार्यालय प्युठानका निमित्त कार्यालय प्रमुख मधुसूदन खड्काले बताए ।

जिल्लाका ९ वटा स्थानीय तहमध्ये प्यूठान नगरपालिकामा सबै धन्दा धेरै महिला सुत्केरी भएका छन् । प्यूठान नगरपालिकामा २०७९/८० मा २ हजार १६ जना महिला सुत्केरी भएका थिए । २०८०/८१ मा घटेर १ हजार ६ सय ११ जना सुत्केरी भएका छन् । त्यस्तै मfण्डवी गाउँपालिकामा २०७९/८० मा १ सय ५४ जना महिला सुत्केरी भएका थिए । २०८०/८१ मा १ सय ४१ जना सुत्केरी भएका छन् ।

ऐरावती गाउँपालिकामा २०७९/८० मा १ सय ५७ जना  महिला सुत्केरी भएकोमा २०८०/८१ मा १ सय ५९ जना सुत्केरी भएका छन् । त्यस्तै गौमुखी गाउँपालिकामा २०७९/८० मा ४ सय ५० जना महिला सुत्केरी भएकोमा २०८०/८१ मा ३ सय २९ जना सुत्केरी भएका छन् । नौवहिनी गाउँपालिकामा २०७९/८० मा ४ सय ७५ जना महिला  सुत्केरी भएकोमा २०८०/८१ मा ४ सय २२ जना सुत्केरी भएका छन् ।

त्यस्तै झिमरुक गाउँपालिकामा २०७९/८० मा १ सय ६ जना महिला सुत्केरी भएकोमा २०८०/८१ मा १ सय ८ जना सुत्केरी भएका छन् । सरुमारानी गाउँपालिकामा २०७९/८० मा २ सय ३० जना महिला  सुत्केरी भएका थिए भने २०८०/८१ मा १ सय २ जना सुत्केरी भएका छन् ।  स्वर्गद्वारी नगरपालिकामा २०७९/८० मा ३ सय ९ जना महिला  सुत्केरी भएकोमा २०८०/८१ मा ३ सय २७  जना सुत्केरी भएका छन्  ।

मल्लरानी गाउँपालिकामा २०७९/८० मा ९७ जना महिला सुत्केरी भएका थिए भने २०८०/८१ मा १ सय १९ जना सुत्केरी भएका छन् । सबैजसो स्थानीय तहमा सुत्केरी हुनेहरू स्वास्थ्य संस्थामै पुगेर बच्चा जन्माएका छन् । ९ वटा स्थानीय तहका ६४ वडामध्ये गत आर्थिक वर्ष २७ वडामा जिरो होम डेलिभरी भएको छ । माण्डवी गाउँपालिका जिरो होम डेलिभरी भएको पालिका घोषणा भइसकेको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...