News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा बच्चा जन्माउने महिलाको सङ्ख्या घट्यो

बोम बहादुर परियार२०८१ भदौ २०
६०३ पटक
२०८१ भदौ २०

जिल्लामा सुत्केरी हुने महिलाको सङ्ख्या घट्दै गएको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा सुत्केरी हुनेको सङ्ख्या घटेको हो । जिल्ला स्वास्थ्य कार्यालय प्युठानको तथ्याङ्क अनुसार बच्चा जन्माउने महिलाको सङ्ख्या घट्दै गएको छ । २०७९/८० मा ४ हजार ७४ जना सुत्केरी भएकोमा २०८०/८१ मा घटेर ३ हजार ३ सय ९८ जना पुगेको स्वास्थ्य कार्यालय प्युठानका तथ्याङ्क अधिकृत बसन्त पोख्रेलले बताए ।

कार्यालयका अनुसार एक वर्षकै अवधिमा ६ सय ७६ बच्चा जन्माउने महिला घटेका हुन् । पछिल्लो समय दम्पतिहरुको परिवार नियोजन प्रति चासो बढ्दै जानु र युवा युवती रोजगारीका लागि बिदेसिनेहरू बढेका कारण जिल्लामा सुत्केरी हुनेको सङ्ख्या घट्दै गएको स्वास्थ्य कार्यालय प्युठानका निमित्त कार्यालय प्रमुख मधुसूदन खड्काले बताए ।

जिल्लाका ९ वटा स्थानीय तहमध्ये प्यूठान नगरपालिकामा सबै धन्दा धेरै महिला सुत्केरी भएका छन् । प्यूठान नगरपालिकामा २०७९/८० मा २ हजार १६ जना महिला सुत्केरी भएका थिए । २०८०/८१ मा घटेर १ हजार ६ सय ११ जना सुत्केरी भएका छन् । त्यस्तै मfण्डवी गाउँपालिकामा २०७९/८० मा १ सय ५४ जना महिला सुत्केरी भएका थिए । २०८०/८१ मा १ सय ४१ जना सुत्केरी भएका छन् ।

ऐरावती गाउँपालिकामा २०७९/८० मा १ सय ५७ जना  महिला सुत्केरी भएकोमा २०८०/८१ मा १ सय ५९ जना सुत्केरी भएका छन् । त्यस्तै गौमुखी गाउँपालिकामा २०७९/८० मा ४ सय ५० जना महिला सुत्केरी भएकोमा २०८०/८१ मा ३ सय २९ जना सुत्केरी भएका छन् । नौवहिनी गाउँपालिकामा २०७९/८० मा ४ सय ७५ जना महिला  सुत्केरी भएकोमा २०८०/८१ मा ४ सय २२ जना सुत्केरी भएका छन् ।

त्यस्तै झिमरुक गाउँपालिकामा २०७९/८० मा १ सय ६ जना महिला सुत्केरी भएकोमा २०८०/८१ मा १ सय ८ जना सुत्केरी भएका छन् । सरुमारानी गाउँपालिकामा २०७९/८० मा २ सय ३० जना महिला  सुत्केरी भएका थिए भने २०८०/८१ मा १ सय २ जना सुत्केरी भएका छन् ।  स्वर्गद्वारी नगरपालिकामा २०७९/८० मा ३ सय ९ जना महिला  सुत्केरी भएकोमा २०८०/८१ मा ३ सय २७  जना सुत्केरी भएका छन्  ।

मल्लरानी गाउँपालिकामा २०७९/८० मा ९७ जना महिला सुत्केरी भएका थिए भने २०८०/८१ मा १ सय १९ जना सुत्केरी भएका छन् । सबैजसो स्थानीय तहमा सुत्केरी हुनेहरू स्वास्थ्य संस्थामै पुगेर बच्चा जन्माएका छन् । ९ वटा स्थानीय तहका ६४ वडामध्ये गत आर्थिक वर्ष २७ वडामा जिरो होम डेलिभरी भएको छ । माण्डवी गाउँपालिका जिरो होम डेलिभरी भएको पालिका घोषणा भइसकेको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...