News Portal

रेडियो सुन्नुहोस्

अवसरको खोजीमा गाउँ छोड्दा प्यूठान बाग्लिवाङ्गका ६६ घर खाली

संयुक्त अरबमा ४ वर्ष बिताएर फर्किएका हरिबहादुर सुनार गाउँमा कृषिमा रमाउँदै

शशिधर भण्डारी २०८१ भदौ २२
७५९ पटक
२०८१ भदौ २२

गौमुखी गाउँपालिकाको वडा नं. ४ बाग्लिवाङ्ग गाउँमा अवसर खोज्दै सहर पस्नेको सङ्ख्या ठुलो छ । गौमुखी गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक बोम बहादुर सुनारका अनुसार गाउँका  १६८ घरधुरी रहेको गाउँका ६६ घरपरिवारको घरमा ताला झुन्डिएको छ । गाउँमा कुनै आम्दानीको श्रोत नहुने, अवसर, स्वास्थ्य शिक्षाका लागि गाउँ छोडेर सहर पस्नेहरू दिनानुदिन बढिरहेका छन् ।

“राम्रो अवसर र सुविधाको खोजीमा गाउँ छोडिरहेका छन् ।” सुनारले भने– “६६ वटा घर अहिले पूर्ण रूपमा खाली छन् । ती सबै घरमा ताला झुन्डिएको छ ।” उनका अनुसार कोही स्वदेशका विभिन्न सहरमा त कोही विदेशमा पुगेका छन् ।

तर। सहर पस्नेहरूलाई गाउँमा पनि सम्भावना छ भन्ने प्रेरणा प्रदान गर्दै गाउँमै कृषि उत्पादनमा रमाइरहेका छन्  त्यही गाउँका हरि बहादुर सुनार । गाउँका  १६८ घर मध्ये ६६ घर अवसरको खोजीमा खाली हुँदा हरि गाउँमै कृषिबाट आफ्नो भविष्य खोजिरहेका छन् ।

संयुक्त अवर इमिरेट्स(युएई)को दुबईमा चार वर्ष होटेलमा काम गरेका २९ वर्षीय सुनारलाई विदेशी भूमिमा आत्मसन्तुष्टि मिलेन । गाउँमै आएर केही गर्नुपर्दछ भन्ने लागेर स्वदेश फर्किएपछि तरकारी तथा फलफूल, बाख्रा पालन गरिरहेको उनले बताए । ‘विदेशमा काम गर्न मन लागेन’ सुनारले भने,‘गाउँमा आएर काम गर्दा आत्म सन्तुष्टि मिलेको छ ।’ सुनारले ३६ रोपनी क्षेत्रफलमा कृषि गर्दै आएको बताए ।

ऊनीसँग हाल ४० वटा बाख्रा छन् । ४ रोपनीमा अलैँची खेती छ । २ रोपनीमा किवी फलेर लटरम्म छ । करिब ४ रोपनीमा लोकल काँक्राहरू फलेका छन् । साँच्चिकै सुनारका बारी ग्रामीण किसानका लागि प्रेरणादायी छन् । वार्षिक ६ लाख आम्दानी गर्न सफल भएको सुनारले जानकारी दिए ।

उनको उत्पादन प्युठानको विजुवार र बुटवलका पसलमा सिधै जाने भएपछि विक्री नहोला भन्ने चिन्ता छैन । गाउँको पाखामा उत्पादन हुने डौडे, काँक्रा, फर्सी, अदुवा र टमाटर विक्री गर्दै आएकोमा यो वर्ष देखि किवी समेत थपिएको छ । यो वर्ष आम्दानी थपिने उनले बताए ।

बाग्लिवाङ्गबाट नियमित रूपमा बुटवलसम्मका लागि जिप छुट्ने गरेको छ । सोही जिप मार्फत प्युठानको बिजुवार, भालुवाङ र बुटवलमा कृषि उत्पादन विक्री गर्न सहज बनेको छ । बुबा, आमा, भाउजू र श्रीमती समेत सोही व्यवसायबाट स्वरोजगार बनिरहेका छन् । सुनारलाई गौमुखी गाउँपालिकाको युवा किसानको रूपमा गाउँपालिकाले सम्मान समेत गरेको थियो ।

विषादी रहित उत्पादन:

उनले हालसम्म बजारको रासायनिक मल र विषादी प्रयोग नगरेको बताए । ‘मेरो बारीमा कुनै विषादी छर्ने रोग लागेको छैन, म यसैमा बढी खुसी छु’ सुनारले भने,‘मैले पठाउने तरकारी तथा फलफूल शत प्रतिशत अर्ग्यानिक छन् ।’ उनले बेमौसमी खेती गर्न भने नसकेको बताए । समुन्द्री सतह देखी १ हजार ७ सय मिटरको उचाइ रहेको कारण ढिला उत्पादन सुरु हुने भएकोले केही लागत बढे पनि बेमौसमी जस्तो मूल्य पाउने गरेको उनको भनाइ छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

छेडियो नंगेनीभिर, खुल्यो मैरामारे–जुम्रीकाँढा सडक

प्यूठानको नौबहिनी गाउँपालिका–७,को मैरामारे देखि प्यूठान नगरपालिका–५ जुम्रीकाँढा सडक ट्याक ओपन भएको छ । स्थानीयले...

नौवहिनी गाउँपालिकाको दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

नौवहिनी गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

प्यूठानमा आंङ खस्ने महिलाको निशुल्क शल्यक्रिया शिविर सञ्चालन हुने

प्यूठान आङ खस्ने महिलाका लागी निशुल्क शल्यक्रिया सिविर संचालन हुने भएको छ । शुक्रवार स्वास्थ्य...

प्यूठान अस्पताल भवन अलपत्र, ठेकेदार बेखबर

प्यूठान अस्पताल भवन अलपत्र परेको छ । निर्माणको जिम्मा दिएको ठेकेदार बेखबर छन् । भवन...

अनेरास्ववियु र युवा संघको स्थापना दिवसमा रक्तदान तथा फलपुल वितरण

अनेरास्ववियुको ६१ औँ तथा राष्ट्रिय युवा संघको ३६ औँ स्थापना दिवसको अवसरमा प्यूठानमा रक्तदान र...