News Portal

रेडियो सुन्नुहोस्

पिँडौला फर्कने समस्या छ? कारण र उपचार यस्ता छन्।

डा सुभाष लाल कर्ण /राष्ट्रिय ट्रमा सेन्टर
२६५४ पटक

धेरै जनालाई खुट्टा फर्किने अर्थात् खुट्टाको पिँडौलाको मासु माथि जाने समस्याले दुःख दिने गर्दछ। खुट्टा फर्किँदा मानिसलाई असह्य पीडा हुन्छ। पिँडौला फर्कने समस्या एउटा यस्तो अवस्था हो, जसलाई पिँडौलाका मांसपेशीमा अचानक संकुचन हुन गई मांसपेशीहरु कडा हुने र दुख्ने गर्दछ।

सामान्यतयाः यो के कारणले हुने गर्छ भन्ने वैज्ञानिक कारण पत्ता लागिसकेको छैन तर मेडिकल टममा इडियोप्याथिक भन्ने गरिन्छ। यो समस्या जुनसुकै उमेर समूहका महिला वा पुरुषलाई हुन सक्छ। पिँडौला फर्किसकेपछि दुखाइ समान्यतः १० मिनेटजति रहन्छ। तर केही सेकेन्डदेखि केही घन्टासम्म रहन सक्छ। मुख्यतः पिँडौलामा यो समस्या देखिने भए पनि कहिलेकाहिं खुट्टा र तिघ्राको मांसपेशीमा समेत यस्तो समस्य देखिन्छ।

कारण 
वैज्ञानिक कारण पत्ता लागिनसके पनि विभिन्न कारणले गर्दा पिँडौला फर्कने अनुमान गर्न सकिन्छ।
– मेरुदन्डसम्बन्धी समस्यहरु– ढाडमा तथा नशा च्यापिएको अवस्था
– रक्तनलीमा अवरोध भई खुट्टामा रक्त सञ्चालनमा कमी हुँदा
– रगतको विभिन्न तत्वहरुको कमी जस्तैः क्याल्सियम पोटासियम
– शरीरमा पानीको अभाव
– गर्भावस्था
– स्नायु प्रणलीको गडबडी

लक्षण
पिँडौलामा अचानक संकुचन भई मांसपेशीहरु कडा हुने र दुख्ने गर्दछन्। यो समस्या औसत १० मिनेटजति रहन्छ। तर कुनै बेला केही सेकेन्डदेखि केही घन्टासम्म पनि हुनसक्छ। केही व्यक्तिमा दिनमै धेरै पटकसम्म यस्तो अवस्था देखिन सक्छ। पटकपटक देखिने यस्तो समस्यालाई बिरामीको दैनिक क्रियाकलापमा बाधा पर्ने र कसैकसैलाई निद्रामा समेत कठिनाइ हुनसक्छ।

उपचार 
धेरैजस्तो अवस्थामा यो समस्या आफैं हराएर जान्छ। तर पटकपटक समस्या देखिएमा चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ र यदि सुरुवाती अवस्थामा यो समस्या छ भने फिजियोथेरापीको माध्यमबाट मांसपेशी तन्काउने कसरतहरु गरी निको पार्न सकिन्छ। यसका अतिरित्र चिकित्सकबाट शारीरिक परीक्षण गराई अन्य रोगका कारण पत्ता लगाउने  र जुन रोगले यो समस्या भएको हो त्यो पत्ता लगाउनुपर्छ। यदि कसरतले मात्र ठिक भएन भने चिकित्सकको सल्लाहबमोजिम औषधि प्रयोग गर्नुपर्ने हुन्छ।

source:-https://swasthyakhabar.com/story/26396

*************

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...

२०८२ वर्ष बुढो नयाँ वर्षको शुभकामना !

आज नयाँ वर्ष । यस वर्षको नयाँ दिन । यसको रौनकले जताततै छपक्कै छाएको छ...

आफैले पेट्रोल खन्याएर आगो लगाउँदा ८० वर्षीय वृद्धको मृत्यु

बागलुङमा ८० वर्षीय एक वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका छन् । बागलुङको ताराखोला...