News Portal

रेडियो सुन्नुहोस्

पिँडौला फर्कने समस्या छ? कारण र उपचार यस्ता छन्।

डा सुभाष लाल कर्ण /राष्ट्रिय ट्रमा सेन्टर
३२१३ पटक

धेरै जनालाई खुट्टा फर्किने अर्थात् खुट्टाको पिँडौलाको मासु माथि जाने समस्याले दुःख दिने गर्दछ। खुट्टा फर्किँदा मानिसलाई असह्य पीडा हुन्छ। पिँडौला फर्कने समस्या एउटा यस्तो अवस्था हो, जसलाई पिँडौलाका मांसपेशीमा अचानक संकुचन हुन गई मांसपेशीहरु कडा हुने र दुख्ने गर्दछ।

सामान्यतयाः यो के कारणले हुने गर्छ भन्ने वैज्ञानिक कारण पत्ता लागिसकेको छैन तर मेडिकल टममा इडियोप्याथिक भन्ने गरिन्छ। यो समस्या जुनसुकै उमेर समूहका महिला वा पुरुषलाई हुन सक्छ। पिँडौला फर्किसकेपछि दुखाइ समान्यतः १० मिनेटजति रहन्छ। तर केही सेकेन्डदेखि केही घन्टासम्म रहन सक्छ। मुख्यतः पिँडौलामा यो समस्या देखिने भए पनि कहिलेकाहिं खुट्टा र तिघ्राको मांसपेशीमा समेत यस्तो समस्य देखिन्छ।

कारण 
वैज्ञानिक कारण पत्ता लागिनसके पनि विभिन्न कारणले गर्दा पिँडौला फर्कने अनुमान गर्न सकिन्छ।
– मेरुदन्डसम्बन्धी समस्यहरु– ढाडमा तथा नशा च्यापिएको अवस्था
– रक्तनलीमा अवरोध भई खुट्टामा रक्त सञ्चालनमा कमी हुँदा
– रगतको विभिन्न तत्वहरुको कमी जस्तैः क्याल्सियम पोटासियम
– शरीरमा पानीको अभाव
– गर्भावस्था
– स्नायु प्रणलीको गडबडी

लक्षण
पिँडौलामा अचानक संकुचन भई मांसपेशीहरु कडा हुने र दुख्ने गर्दछन्। यो समस्या औसत १० मिनेटजति रहन्छ। तर कुनै बेला केही सेकेन्डदेखि केही घन्टासम्म पनि हुनसक्छ। केही व्यक्तिमा दिनमै धेरै पटकसम्म यस्तो अवस्था देखिन सक्छ। पटकपटक देखिने यस्तो समस्यालाई बिरामीको दैनिक क्रियाकलापमा बाधा पर्ने र कसैकसैलाई निद्रामा समेत कठिनाइ हुनसक्छ।

उपचार 
धेरैजस्तो अवस्थामा यो समस्या आफैं हराएर जान्छ। तर पटकपटक समस्या देखिएमा चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ र यदि सुरुवाती अवस्थामा यो समस्या छ भने फिजियोथेरापीको माध्यमबाट मांसपेशी तन्काउने कसरतहरु गरी निको पार्न सकिन्छ। यसका अतिरित्र चिकित्सकबाट शारीरिक परीक्षण गराई अन्य रोगका कारण पत्ता लगाउने  र जुन रोगले यो समस्या भएको हो त्यो पत्ता लगाउनुपर्छ। यदि कसरतले मात्र ठिक भएन भने चिकित्सकको सल्लाहबमोजिम औषधि प्रयोग गर्नुपर्ने हुन्छ।

source:-https://swasthyakhabar.com/story/26396

*************

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...