News Portal

रेडियो सुन्नुहोस्

प्यूठानका पत्रकारद्वारा सूचना प्रवाहलाई प्रभावकारी बनाउन प्रजिअको ध्यानाकर्षण

भुवन बिश्वकर्मा२०८१ असोज ४
४०८ पटक
२०८१ असोज ४

प्युठानका पत्रकारहरूले जिल्लाका सरकारी कार्यालयको नियमित सूचना प्रवाहलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् ।

प्यूठान जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर आएकी रमा आचार्य सुवेदीको आमन्त्रणमा शुक्रवार आयोजित भेटघाटमा पत्रकारहरूले उनलाई स्वागत गर्दै जिल्लाका सरकारी कार्यालयहरूले नियमित रूपमा गर्नुपर्ने सूचना प्रवाह नगरेको र सूचनाको हकको कार्यान्वयन नगरेको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

अर्को फरक प्रसङ्गमा कुरा राख्दै पत्रकारहरुले पछिल्लो समय सरकारी कार्यालयले गर्ने कार्यक्रम र गतिविधिमा सञ्चारमाध्यमहरू बेखवर बन्ने स्थिति सिर्जना भएकोतर्फ ध्यानाकर्षण गराउँदै समाचार सङ्कलन र सूचना प्रवाहका लागि जिल्लाका सबै सञ्चारमाध्यम र सञ्चारकर्मीसँग समन्वय गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल पत्रकार महासङ्घले संस्थागत प्रतिनिधित्व गर्ने अभ्यास रहेको तर, सूचना प्रवाह एवं समाचार सङ्कलनका लागि सम्बन्धित कार्यालयले सञ्चारमाध्यम वा सञ्चारकर्मीलाई नै समन्वय गर्दा प्रभावकारी हुने नेपाल पत्रकार महासङ्घका अध्यक्ष सञ्जय रिजालले बताए ।

भेटघाटलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदीले जिल्लामा प्रभावकारी कार्यसम्पादनका लागि सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्दै पत्रकारबाट आएका सुझावलाई आफूले टिपोट गरेको र कार्यान्वयनको निम्ति अगाडि बढाउने बताइन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...