News Portal

रेडियो सुन्नुहोस्

सानु गुल्मेलीद्वारा लिखित कथा सङ्ग्रह ‘ऐँजेरु’को विमोचन

शशिधर भण्डारी२०८१ असोज १५
६२२ पटक
२०८१ असोज १५

साहित्यकार राजकुमारी कुँवर ‘सानु गुल्मेली’द्वारा लिखित कथा सङ्ग्रह ‘ऐँजेरु’को विमोचन गरिएको छ ।

मङ्गलवार  साहित्य परिषद् प्युठानले एक कार्यक्रमको आयोजना गरी कथा सङ्ग्रहको विमोचन गरेको हो ।

साहित्यकार गुल्मेलीका श्रीमान् दिपक खड्काले प्रकाशन गरेको कथा सङ्ग्रहका ८८ वटा पृष्ठमा, ११ वटा कथाहरू समेटिएको छ । कथा सङ्ग्रह विमोचन गर्दै प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु योगीले समाज परिवर्तनमा साहित्यले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । साहित्य, कला र भाषाको विकासले समाजमा देखा पर्ने विकृति हटाउन मद्दत गर्ने उनको धारणा थियो ।

कार्यक्रममा नगर उपप्रमुख देवेन्द्र बर्मा, साहित्य परिषद् प्युठानका निवर्तमान अध्यक्ष गेहराज थापा, नेपाल रेडक्रस सोसाइटी प्युठानका सभापति गुमानराज पुलामी, नेपाल पत्रकार महासङ्घ प्युठानका अध्यक्ष सञ्जय रिजाल, उद्योग वाणिज्य सङ्घका प्युठानका महासचिव सन्देश आचार्य, साहित्य परिषद् प्युठानका कार्यवाहक अध्यक्ष विमला खनाल, सिता गौतम रिजाल, साहित्यकार कमल पोख्रेल, साहित्यकार देवेन्द्र कुमार रिजाल र टेकराज के.सी.ले यस्ता रचनाहरूले भाषा, साहित्य र संस्कृतिको विकास गर्दै समाजमा नैतिकताको विकास गर्ने बताए ।

कथा सङ्ग्रहको समालोचना साहित्यकार तथा शिक्षक माधव पोख्रेलले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...