News Portal

रेडियो सुन्नुहोस्

सानु गुल्मेलीद्वारा लिखित कथा सङ्ग्रह ‘ऐँजेरु’को विमोचन

शशिधर भण्डारी२०८१ असोज १५
८७४ पटक
२०८१ असोज १५

साहित्यकार राजकुमारी कुँवर ‘सानु गुल्मेली’द्वारा लिखित कथा सङ्ग्रह ‘ऐँजेरु’को विमोचन गरिएको छ ।

मङ्गलवार  साहित्य परिषद् प्युठानले एक कार्यक्रमको आयोजना गरी कथा सङ्ग्रहको विमोचन गरेको हो ।

साहित्यकार गुल्मेलीका श्रीमान् दिपक खड्काले प्रकाशन गरेको कथा सङ्ग्रहका ८८ वटा पृष्ठमा, ११ वटा कथाहरू समेटिएको छ । कथा सङ्ग्रह विमोचन गर्दै प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु योगीले समाज परिवर्तनमा साहित्यले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । साहित्य, कला र भाषाको विकासले समाजमा देखा पर्ने विकृति हटाउन मद्दत गर्ने उनको धारणा थियो ।

कार्यक्रममा नगर उपप्रमुख देवेन्द्र बर्मा, साहित्य परिषद् प्युठानका निवर्तमान अध्यक्ष गेहराज थापा, नेपाल रेडक्रस सोसाइटी प्युठानका सभापति गुमानराज पुलामी, नेपाल पत्रकार महासङ्घ प्युठानका अध्यक्ष सञ्जय रिजाल, उद्योग वाणिज्य सङ्घका प्युठानका महासचिव सन्देश आचार्य, साहित्य परिषद् प्युठानका कार्यवाहक अध्यक्ष विमला खनाल, सिता गौतम रिजाल, साहित्यकार कमल पोख्रेल, साहित्यकार देवेन्द्र कुमार रिजाल र टेकराज के.सी.ले यस्ता रचनाहरूले भाषा, साहित्य र संस्कृतिको विकास गर्दै समाजमा नैतिकताको विकास गर्ने बताए ।

कथा सङ्ग्रहको समालोचना साहित्यकार तथा शिक्षक माधव पोख्रेलले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...