News Portal

रेडियो सुन्नुहोस्

दम्ती सब–स्टेशन तिहारअघि सञ्चालन गर्न आजदेखि काम सुरु हुने

बिबश जि.एम२०८१ कात्तिक ७
५५४ पटक
२०८१ कात्तिक ७

निर्माण सम्झौताको सात वर्षसम्म सञ्चालनमा नआएको प्यूठान नगरपालिका ८ स्थित विद्युत् सवस्टेशन तिहार अगावै सञ्चालन हुने भएको छ । मङ्गलवार खलङ्गामा भएको सर्वपक्षीय बैठकबाट उक्त सवस्टेशन तिहार अगावै सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको प्रमुख जिल्ला अधिकारी रमा आचार्यले बताइन ।

बैठकपछि नेपाल विद्युत् प्राधिकरण प्यूठान वितरण केन्द्रलाई बुधवारदेखि काम अगाडि बढाउन निर्देशन दिइएको आचार्यले बत्ताइन । २०७४ जेठ १७ गते श्री त्रीपुरेश्वर जय दुर्गे जेभिले निर्माण जिम्मा लिएको उक्त काम ७ वर्षदेखि निर्माण सम्पन्न हुन सकेको छैन । पछिल्लो समय निर्माण कम्पनी सम्पर्कमा नआएपछि ठेक्का तोडेर सवस्टेशन सञ्चालनको लागि अघि बढ्न विद्युत् प्राधिकरणले तयारी गरेको उनको भनाई छ ।

५ करोड ३६ लाख ६० हजार ६ सय ८२ मा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले विभिन्न बहाना देखाउँदै निर्माण कार्य अलपत्र छोडेपछि मङ्गलवार सर्वपक्षीय बैठक बसेको थियो । जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सिको अध्यक्षतामा भएको बैठकमा लुम्बिनी प्रदेशका सांसद तुल्सीराम शर्मा, धनलक्ष्मी श्रेष्ठ, जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख, विभिन्न राजनीतिक दलका नेता लगायत सरोकारवालाको सहभागिता थियो ।

सवस्टेशन सञ्चालनसँगै अहिले अनियमित भइरहेको विद्युतको नियमित आपूर्तिका लागि सहजता हुनेछ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...