News Portal

रेडियो सुन्नुहोस्

दम्ती सब–स्टेशन तिहारअघि सञ्चालन गर्न आजदेखि काम सुरु हुने

बिबश जि.एम२०८१ कात्तिक ७
३९३ पटक
२०८१ कात्तिक ७

निर्माण सम्झौताको सात वर्षसम्म सञ्चालनमा नआएको प्यूठान नगरपालिका ८ स्थित विद्युत् सवस्टेशन तिहार अगावै सञ्चालन हुने भएको छ । मङ्गलवार खलङ्गामा भएको सर्वपक्षीय बैठकबाट उक्त सवस्टेशन तिहार अगावै सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको प्रमुख जिल्ला अधिकारी रमा आचार्यले बताइन ।

बैठकपछि नेपाल विद्युत् प्राधिकरण प्यूठान वितरण केन्द्रलाई बुधवारदेखि काम अगाडि बढाउन निर्देशन दिइएको आचार्यले बत्ताइन । २०७४ जेठ १७ गते श्री त्रीपुरेश्वर जय दुर्गे जेभिले निर्माण जिम्मा लिएको उक्त काम ७ वर्षदेखि निर्माण सम्पन्न हुन सकेको छैन । पछिल्लो समय निर्माण कम्पनी सम्पर्कमा नआएपछि ठेक्का तोडेर सवस्टेशन सञ्चालनको लागि अघि बढ्न विद्युत् प्राधिकरणले तयारी गरेको उनको भनाई छ ।

५ करोड ३६ लाख ६० हजार ६ सय ८२ मा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले विभिन्न बहाना देखाउँदै निर्माण कार्य अलपत्र छोडेपछि मङ्गलवार सर्वपक्षीय बैठक बसेको थियो । जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सिको अध्यक्षतामा भएको बैठकमा लुम्बिनी प्रदेशका सांसद तुल्सीराम शर्मा, धनलक्ष्मी श्रेष्ठ, जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख, विभिन्न राजनीतिक दलका नेता लगायत सरोकारवालाको सहभागिता थियो ।

सवस्टेशन सञ्चालनसँगै अहिले अनियमित भइरहेको विद्युतको नियमित आपूर्तिका लागि सहजता हुनेछ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...