News Portal

रेडियो सुन्नुहोस्

टेलिकमका टावर सञ्चालन नहुँदा सास्ती

बोम बहादुर परियार २०८१ कार्तिक ७
४०२ पटक
२०८१ कार्तिक ७

नेपाल टेलिकमका टावरहरू सञ्चालन नहुँदा स्थानीयले सास्ती बेहोर्नुपरेको छ । जिल्लामा निर्माण सम्पन्न भएका ४ वटा टावरहरू टेलिकमले सञ्चालनमा ल्याउन ढिलाइ गरेको छ । मल्लरानी गाउँपालिका .२ चुजा, झिमरुक गाउँपालिका ५ ओखरकोट, सरुमारानी गाउँपालिका ५ सौराकोट र प्यूठान नगरपालिका वडा नं. ६ माझकोटमा  निर्माण भएका टावरहरू वर्षौँदेखि सञ्चालनमा आएका छैनन् । यसले गर्दा स्थानीय सञ्चार सुविधाबाट वञ्चित हुन परेको छ ।

घरनजिकै टावर बने पनि सञ्चालन नभएकाले अर्घाखाँचीको टावरको भर पर्नुपरेको मल्लरानी गाउँपालिका २ चुजाका बलबहादुर केसीले गुनासो गरे । सरुमारानी गाउँपालिकाका केही ठाउँमा नेटवर्कले काम नगर्दा नागरिकले गुनासो गर्ने गरेको पालिका अध्यक्ष झग बहादुर विश्वकर्माले बताए ।

नेपाल टेलिकमले भने विद्युत् लाइन जडानको समस्याले टावरहरू समयमै सञ्चालनमा ल्याउन नसकेको बताएको छ । विद्युत् आपूर्तिको समस्या देखिएका केही टावरहरू समयमै सञ्चालन हुन नसकेको नेपाल टेलिकम प्यूठान बिजुवार शाखा प्रमुख निराजन श्रेष्ठले बताए ।

जिल्लामा  नेपाल टेलिकमका ४० वटा टावरहरू सञ्चालनमा छन् । सञ्चालन भइरहेका नेपाल टेलिकमका टावरहरूमा समेत ब्याट्री ब्याकअपको समस्या छ । लाइन जाँदा नेटवर्कको समस्या हुने गरेको स्थानीयले गुनासो गर्दछन् । समयमै मर्मत नहुने स्थानीय बताउँछन् । विपद्को समयमा विद्युत् लाइन सँगै फोनको नेटवर्क समेत जाँदा अत्यावश्यक सूचनाबाट वञ्चित हुनुपरेको गौमुखी गाउँपालिका अर्खाका स्थानीय मित्र थापाले बताए । नेपाल टेलिकमको टु जि र फोर जि सेवा बजारमै मात्र सीमित भएको प्यूठान नगरपालिका ६ माझकोटका स्थानीय मधुसूदन पोख्रेलले बताए । जिल्लामा ७० प्रतिशत टेलिफोन प्रयोगकर्ता नेपाल टेलिकमका ग्राहक रहेको बताउने उक्त संस्थाले चुस्त सेवा प्रवाहमा ध्यान नदिएको जिल्लावासीको गुनासो छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...

भानुभक्त माविको स्वर्ण महोत्सवको लोगो अनावरण

भानुभक्त माध्यमिक विद्यालय बर्वोटले स्वर्ण महोत्सवको लोगो अनावरण गरेको छ । आउदो मंसिर २९ गतेदेखी...