News Portal

रेडियो सुन्नुहोस्

टेलिकमका टावर सञ्चालन नहुँदा सास्ती

बोम बहादुर परियार २०८१ कार्तिक ७
७३० पटक
२०८१ कार्तिक ७

नेपाल टेलिकमका टावरहरू सञ्चालन नहुँदा स्थानीयले सास्ती बेहोर्नुपरेको छ । जिल्लामा निर्माण सम्पन्न भएका ४ वटा टावरहरू टेलिकमले सञ्चालनमा ल्याउन ढिलाइ गरेको छ । मल्लरानी गाउँपालिका .२ चुजा, झिमरुक गाउँपालिका ५ ओखरकोट, सरुमारानी गाउँपालिका ५ सौराकोट र प्यूठान नगरपालिका वडा नं. ६ माझकोटमा  निर्माण भएका टावरहरू वर्षौँदेखि सञ्चालनमा आएका छैनन् । यसले गर्दा स्थानीय सञ्चार सुविधाबाट वञ्चित हुन परेको छ ।

घरनजिकै टावर बने पनि सञ्चालन नभएकाले अर्घाखाँचीको टावरको भर पर्नुपरेको मल्लरानी गाउँपालिका २ चुजाका बलबहादुर केसीले गुनासो गरे । सरुमारानी गाउँपालिकाका केही ठाउँमा नेटवर्कले काम नगर्दा नागरिकले गुनासो गर्ने गरेको पालिका अध्यक्ष झग बहादुर विश्वकर्माले बताए ।

नेपाल टेलिकमले भने विद्युत् लाइन जडानको समस्याले टावरहरू समयमै सञ्चालनमा ल्याउन नसकेको बताएको छ । विद्युत् आपूर्तिको समस्या देखिएका केही टावरहरू समयमै सञ्चालन हुन नसकेको नेपाल टेलिकम प्यूठान बिजुवार शाखा प्रमुख निराजन श्रेष्ठले बताए ।

जिल्लामा  नेपाल टेलिकमका ४० वटा टावरहरू सञ्चालनमा छन् । सञ्चालन भइरहेका नेपाल टेलिकमका टावरहरूमा समेत ब्याट्री ब्याकअपको समस्या छ । लाइन जाँदा नेटवर्कको समस्या हुने गरेको स्थानीयले गुनासो गर्दछन् । समयमै मर्मत नहुने स्थानीय बताउँछन् । विपद्को समयमा विद्युत् लाइन सँगै फोनको नेटवर्क समेत जाँदा अत्यावश्यक सूचनाबाट वञ्चित हुनुपरेको गौमुखी गाउँपालिका अर्खाका स्थानीय मित्र थापाले बताए । नेपाल टेलिकमको टु जि र फोर जि सेवा बजारमै मात्र सीमित भएको प्यूठान नगरपालिका ६ माझकोटका स्थानीय मधुसूदन पोख्रेलले बताए । जिल्लामा ७० प्रतिशत टेलिफोन प्रयोगकर्ता नेपाल टेलिकमका ग्राहक रहेको बताउने उक्त संस्थाले चुस्त सेवा प्रवाहमा ध्यान नदिएको जिल्लावासीको गुनासो छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...