News Portal

रेडियो सुन्नुहोस्

विप्लवसँग एकता गरेर जनसरकार स्थापना गर्छौंः वैद्य

सिखबर संवाददाता१८ चैत्र
९४५ पटक
१८ चैत्र

काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले जनसरकार स्थापना गर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेको जनसरकार र जनअदालतबारे आफूलाई औपचारिक रुपमा केही जानकारी नभएको बताए । महासचिव वैद्यले बुझेर कार्यगत एकता अगाडि बढ्ने बताए ।

एक अनलाइनलाई दिएको अन्तरवार्तामा महासचिव वैद्यले जनसरकार ब्यूँताउने नभएर स्थापना गर्ने बताए ।  “विप्लवजीहरूले जनसरकार, जनआदलत कहाँकहाँ के भन्नुभएको छ त्यो, हामीलाई आधिकारिक रूपमा थाहा छैन । उहाँको कुरा पनि के हो हामी बुझ्छौँ । जहाँसम्म जनसरकार व्युँझाउने कुरा गर्नुभएको छ, हामीले व्युँझाउनेभन्दा पनि जनसरकार स्थापना गर्ने हो । यो प्रकृया त हामीले थाल्नु पर्ने नै छ । बिप्लवजीहरूको कुरा के के हो बुझेर नै उहाँहरूसँग कार्यगत एकतालाई अगाडि बढाउँछौँ” वैद्यले अन्तरवार्तामा भनेका छन् ।

वर्तमान एमाले–माकेको संयुक्त सरकारलाई संसदवादी सरकार भएकोले भन्दै संविधान र संसदीय व्यवस्था आफ्नो पार्टीले नमान्ने बताए । प्रधानमन्त्री ओली सत्तामा बसेपछि जे गरेपनि हुन्छ भन्ने मानसिकतामा रहेको वैद्यको दाबी छ ।

राष्ट्रियता, जनतन्त्र, जनजीविकाका समस्या समाधान गरेर देखाउन भन्दै वैद्यले भने, “जे भने पनि हुन्छ भन्ने उहाँहरूको मानसिकता हो । राष्ट्रियता, जनतन्त्र, जनजीविकाका समस्या समाधान गरेर देखाउनु पर्यो, त्यही समस्या समाधानका लागि कम्युनिस्टहरू त्यही दिशामा गएकै हुन् । तर उनीहरू त्यही संसदीय व्यवस्थामा फसे । उहाँले आफ्नो विगत पनि हेर्नुपर्छ । उहाँहरूका विगतहरू पनि हामीले भन्न सक्छौँ नि । उहाँहरू पनि सङ्घर्ष गरेर जानुपर्छ । सामन्तविरूद्ध लड्ने । हिंसाको प्रयोग गर्ने हो नि त उहाँहरूको विगत । विगत विर्सनु भएन उहाँहरूले ।”

नेकपाले जनसरकार ब्यँताउने भनेको तर अाफूले स्थापना गर्ने कुरा गरेको महासचिव वैद्यको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...