News Portal

रेडियो सुन्नुहोस्

विप्लवसँग एकता गरेर जनसरकार स्थापना गर्छौंः वैद्य

सिखबर संवाददाता१८ चैत्र
११६२ पटक
१८ चैत्र

काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले जनसरकार स्थापना गर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेको जनसरकार र जनअदालतबारे आफूलाई औपचारिक रुपमा केही जानकारी नभएको बताए । महासचिव वैद्यले बुझेर कार्यगत एकता अगाडि बढ्ने बताए ।

एक अनलाइनलाई दिएको अन्तरवार्तामा महासचिव वैद्यले जनसरकार ब्यूँताउने नभएर स्थापना गर्ने बताए ।  “विप्लवजीहरूले जनसरकार, जनआदलत कहाँकहाँ के भन्नुभएको छ त्यो, हामीलाई आधिकारिक रूपमा थाहा छैन । उहाँको कुरा पनि के हो हामी बुझ्छौँ । जहाँसम्म जनसरकार व्युँझाउने कुरा गर्नुभएको छ, हामीले व्युँझाउनेभन्दा पनि जनसरकार स्थापना गर्ने हो । यो प्रकृया त हामीले थाल्नु पर्ने नै छ । बिप्लवजीहरूको कुरा के के हो बुझेर नै उहाँहरूसँग कार्यगत एकतालाई अगाडि बढाउँछौँ” वैद्यले अन्तरवार्तामा भनेका छन् ।

वर्तमान एमाले–माकेको संयुक्त सरकारलाई संसदवादी सरकार भएकोले भन्दै संविधान र संसदीय व्यवस्था आफ्नो पार्टीले नमान्ने बताए । प्रधानमन्त्री ओली सत्तामा बसेपछि जे गरेपनि हुन्छ भन्ने मानसिकतामा रहेको वैद्यको दाबी छ ।

राष्ट्रियता, जनतन्त्र, जनजीविकाका समस्या समाधान गरेर देखाउन भन्दै वैद्यले भने, “जे भने पनि हुन्छ भन्ने उहाँहरूको मानसिकता हो । राष्ट्रियता, जनतन्त्र, जनजीविकाका समस्या समाधान गरेर देखाउनु पर्यो, त्यही समस्या समाधानका लागि कम्युनिस्टहरू त्यही दिशामा गएकै हुन् । तर उनीहरू त्यही संसदीय व्यवस्थामा फसे । उहाँले आफ्नो विगत पनि हेर्नुपर्छ । उहाँहरूका विगतहरू पनि हामीले भन्न सक्छौँ नि । उहाँहरू पनि सङ्घर्ष गरेर जानुपर्छ । सामन्तविरूद्ध लड्ने । हिंसाको प्रयोग गर्ने हो नि त उहाँहरूको विगत । विगत विर्सनु भएन उहाँहरूले ।”

नेकपाले जनसरकार ब्यँताउने भनेको तर अाफूले स्थापना गर्ने कुरा गरेको महासचिव वैद्यको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...