News Portal

रेडियो सुन्नुहोस्

संसदीय समितिको इतिहासकै नयाँ मानक स्थापित: सूर्य थापा

झुलेनी नेटवर्क२०८१ कार्तिक १३
५३५ पटक
२०८१ कार्तिक १३

प्रतिनिधि सभा सदस्य एवं सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले संसदीय समितिको इतिहासकै नयाँ मानक स्थापित भएको बताएका छन् ।

झुलेनी युनाईटेड नेटवर्कको विशेष संवाद कार्यक्रममा कुरा गर्दै थापाले संसदीय छानबिन विशेष समितिको अध्ययन, अनुसन्धान र कार्यान्वयन प्रक्रियाले नयाँ मानक स्थापित गरेको बताए ।

संसदीय छानबिनको दायरा, मानक र अभ्यासको इतिहासलाई बदलेर नयाँ इतिहास स्थापित गर्ने गरी प्यूठान जनताको प्रतिनिधिको रूपमा काम गर्ने अवसर प्राप्त भएको बताउँदै थापाले समितिको प्रतिवेदन कार्यान्वयनमा सत्तापक्ष र प्रतिपक्षका सबै दलहरू एक ठाउँमा रहेको बताए ।

प्यूठान जिल्लाको विकासको प्रसङ्गमा सोधिएको प्रश्नमा जवाफ दिँदै थापाले विभिन्न सडक सञ्जालहरूको स्तरोन्नति र विस्तारका विभिन्न काम भइरहेको र भालुवाङ्ग प्यूठान सडक खण्डको विस्तारलाई प्राथमिकता दिइएको बताए । यसअघि सम्बन्धित पूर्वाधार मन्त्री र अर्थमन्त्रीले प्रतिबद्धता बमोजिम काम नगरेको र पुनः अर्थमन्त्रीसँग भेट गरी भालुवाङ-प्यूठान सडक विस्तारमा आवश्यक पहल गर्ने उनले बताए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...