News Portal

रेडियो सुन्नुहोस्

संसदीय समितिको इतिहासकै नयाँ मानक स्थापित: सूर्य थापा

झुलेनी नेटवर्क२०८१ कार्तिक १३
१९३ पटक
२०८१ कार्तिक १३

प्रतिनिधि सभा सदस्य एवं सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले संसदीय समितिको इतिहासकै नयाँ मानक स्थापित भएको बताएका छन् ।

झुलेनी युनाईटेड नेटवर्कको विशेष संवाद कार्यक्रममा कुरा गर्दै थापाले संसदीय छानबिन विशेष समितिको अध्ययन, अनुसन्धान र कार्यान्वयन प्रक्रियाले नयाँ मानक स्थापित गरेको बताए ।

संसदीय छानबिनको दायरा, मानक र अभ्यासको इतिहासलाई बदलेर नयाँ इतिहास स्थापित गर्ने गरी प्यूठान जनताको प्रतिनिधिको रूपमा काम गर्ने अवसर प्राप्त भएको बताउँदै थापाले समितिको प्रतिवेदन कार्यान्वयनमा सत्तापक्ष र प्रतिपक्षका सबै दलहरू एक ठाउँमा रहेको बताए ।

प्यूठान जिल्लाको विकासको प्रसङ्गमा सोधिएको प्रश्नमा जवाफ दिँदै थापाले विभिन्न सडक सञ्जालहरूको स्तरोन्नति र विस्तारका विभिन्न काम भइरहेको र भालुवाङ्ग प्यूठान सडक खण्डको विस्तारलाई प्राथमिकता दिइएको बताए । यसअघि सम्बन्धित पूर्वाधार मन्त्री र अर्थमन्त्रीले प्रतिबद्धता बमोजिम काम नगरेको र पुनः अर्थमन्त्रीसँग भेट गरी भालुवाङ-प्यूठान सडक विस्तारमा आवश्यक पहल गर्ने उनले बताए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बेलुवामा बेलपत्रेश्वर धार्मिक महायज्ञ सुरु

प्युठान नगरपालिका १ क्वाडी बेलुवामा सोमबारदेखि बेलपत्रेश्वर विराट धार्मिक महायज्ञ, शिव महापुराण तथा श्रृङ्गारिक गंगा...

जन्मदिनमा युरोपबाट १० लाखको बिमा उपहार

प्यूठानमा श्रीमानले श्रीमतीलाई बिमा पोलिसि उपहार दिएका छन्। स्वर्गद्वारी नगरपालिका ८ दहचौरका पदम बहादुर जि.सी....

नालापानी किल्लामा लडे,प्यूठान रम्दीका दयाराम खड्का

प्यूठानको माण्डबी गाउँपालिका ५ रम्दीकोट जन्मथलो भएका पुँवार खड्काहरुले नेपाली सेनामा पु¥याएको योगदानको राज्यले मूल्यांकन...

जिप दुर्घटनामा २ जनाको मृत्यु

सिंगल क्याप जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ लु २ च २९९० नम्बरको...

कृतिम बुद्घिमता(एआई) सम्बन्धि तालिम सम्पन्न

कृतिम बुद्घिमता(एआई) को प्रयोगसम्बन्धि तालिम प्यूठानमा सम्पन्न भएको छ। जिल्लाका ५ क्याम्पस र ५ माविमा...