News Portal

रेडियो सुन्नुहोस्

विद्युत प्राधिकरणको दम्तीमा निर्मित सव-स्टेशन सञ्चालनमा

झुलेनी नेटवर्क२०८१ कार्तिक १५
३३० पटक
२०८१ कार्तिक १५

लामो समयदेखि अलपत्र अवस्थामा रहेको दम्ति सव-स्टेसन सञ्चालनमा आएको छ।

२०७२ सालदेखि निर्माण सुरु गरेर अलपत्र छोडिएको सव-स्टेसन बुधवारबाट सञ्चालनमा आएको हो।

नेपाल बिध्युत प्राधिकरण प्यूठान वितरण केन्द्रद्वारा आयोजित सव-स्टेशन सञ्चालन कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य सूर्य थापाले सव-स्टेशन सञ्चालनले जिल्लाभित्रको बिध्युत अनियमित हुने समस्या हट्ने बताए। सबैको तदारुकता र सहकार्यले अलपत्र अवस्थामा रहेको सव-स्टेसन छोटो समयमै सञ्चालन भएको भन्दै सांसद थापाले विकास निर्माणका लागि बजेट सुनिस्चितता जस्तै कार्यन्वयनको पाटो महत्वपूर्ण हुने बताए।

बुधवारदेखि ३३/११ के.भी. प्रशारण लाईन रहेको सब-स्टेशन परीक्षण तथा सञ्चालन कार्यक्रमबाट सबस्टेसनको ३ एम.भी. ए. पावर ट्रान्सफर्मर चार्जिङ गरी दम्ती उपभोक्तालाई ११/०.४ ट्रान्सर्फमरबाट विद्युत सेवा उपलब्ध गराईएको नेपाल विद्युत प्राधिकरण प्यूठान बितरण केन्द्र प्रमुख महेन्द्र कुमार दासले बताए।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...