News Portal

रेडियो सुन्नुहोस्

विद्युत प्राधिकरणको दम्तीमा निर्मित सव-स्टेशन सञ्चालनमा

झुलेनी नेटवर्क२०८१ कार्तिक १५
४७१ पटक
२०८१ कार्तिक १५

लामो समयदेखि अलपत्र अवस्थामा रहेको दम्ति सव-स्टेसन सञ्चालनमा आएको छ।

२०७२ सालदेखि निर्माण सुरु गरेर अलपत्र छोडिएको सव-स्टेसन बुधवारबाट सञ्चालनमा आएको हो।

नेपाल बिध्युत प्राधिकरण प्यूठान वितरण केन्द्रद्वारा आयोजित सव-स्टेशन सञ्चालन कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य सूर्य थापाले सव-स्टेशन सञ्चालनले जिल्लाभित्रको बिध्युत अनियमित हुने समस्या हट्ने बताए। सबैको तदारुकता र सहकार्यले अलपत्र अवस्थामा रहेको सव-स्टेसन छोटो समयमै सञ्चालन भएको भन्दै सांसद थापाले विकास निर्माणका लागि बजेट सुनिस्चितता जस्तै कार्यन्वयनको पाटो महत्वपूर्ण हुने बताए।

बुधवारदेखि ३३/११ के.भी. प्रशारण लाईन रहेको सब-स्टेशन परीक्षण तथा सञ्चालन कार्यक्रमबाट सबस्टेसनको ३ एम.भी. ए. पावर ट्रान्सफर्मर चार्जिङ गरी दम्ती उपभोक्तालाई ११/०.४ ट्रान्सर्फमरबाट विद्युत सेवा उपलब्ध गराईएको नेपाल विद्युत प्राधिकरण प्यूठान बितरण केन्द्र प्रमुख महेन्द्र कुमार दासले बताए।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...