News Portal

रेडियो सुन्नुहोस्

स्थानीय तह उपनिर्वाचनको मनोनयन दर्ता आज

झुलेनी नेटवर्क२०८१ मंसिर २
१९७ पटक
२०८१ मंसिर २

आगामि मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।

बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

सोमबार उम्मेदवारको विरोधमा उजुरी दिने सकिनेछ मंगलबार बेलुकासम्म उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने समय तोकिएको छ । त्यस्तै आगामि बुधबार दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् ।

सोहि दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन  र निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

४४ पदका लागि  हुन लागेको उपनिर्वाचनका लागि ३८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।

यसपटक २ जिल्ला समन्वय समिति प्रमुख, एक/एक नगर प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो ।

१६ गते बिहान ७ देखि ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...

आलोचना भएपछि ३५ दिने सूचनाको म्याद सकिनै लाग्दा छलफल

विना पूर्व तयारी सडक वरपरका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको प्यूठान नगरपालिकाले बेलुवा–बाग्दुला...

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...