News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा स्थायी बन्ध्याकरण शिविर सञ्चालन

शशिधर भण्डारी२०८१ मङ्सिर २
५६५ पटक
२०८१ मङ्सिर २

 प्यूठानमा स्थायी बन्ध्याकरण शिविर सञ्चालन भएको छ । आइतबार स्वर्गद्वारी नगरपालिका र माण्डवी गाउँपालिकाका बासीलाई लक्षित गरी देविस्थान स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको हो । शिविरबाट ७ जना महिलाले स्थायी बन्ध्याकरण साधन मिनिल्याप सेवा लिएको स्वास्थ्य कार्यालय प्यूठानका निमित्त कार्यालय प्रमुख मधुसूदन खड्काले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा सुनौलो परिवार, नेपाल (मेरी स्टोप्स, नेपाल)सहयोग तथा स्थानीय तहको सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।परिवार नियोजनको स्थायी बन्ध्याकरण मिनिल्याप सेवा लिनेमा स्वर्गद्वारी नगरपालिका–२ का १, स्वर्गद्वारी नगरपालिका ४ का २ , माण्डवी गाउँपालिका ३ का २, माण्डवी गाउँपालिका–१ तिरामका १ र माण्डवी गाउँपालिका–२ मर्काबाङका  १ जना रहेका छन् ।

मङ्सिर ३ गते सरुमारानी गाउँपालिकाको बाङ्गेशाल स्वास्थ्य चौकी, ४ गते ऐरावती गाउँपालिकाको धुवाङ स्वास्थ्य चौकी, ६ गते गौमुखी गाउँपालिकाको पुजा स्वास्थ्य चौकी, ७ गते झिमरुक गाउँपालिकाको ओखरकोट स्वास्थ्य चौकी, ९ गते नौबहिनी गाउँपालिकाको सामुदायिक स्वास्थ्य इकाई बाहाने र ११ गते प्यूठान नगरपालिका र मल्लरानी गाउँपालिकाको लागि प्यूठान नगरपालिकाको सापडाडा स्वास्थ्य चौकी प्यूठानमा शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ । महिलाहरुले प्रयोग गर्ने स्थायी बन्ध्याकरणको साधन मिनिल्याप ९९ प्रतिशत गर्भ निरोध गर्न सफल रहेको खड्काले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...