News Portal

रेडियो सुन्नुहोस्

आजको राशिफल: २०८१ मंसिर ४ मंगलवार

संकलक: राम प्रसाद सुवेदी २०८१ मंसिर ४
४०२ पटक
२०८१ मंसिर ४

मेष

राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। प्रेम सम्बन्धमा सुमधुर समय रहनुको साथै दाम्पत्य जीवन सुखमय रहनेछ। प्रतिस्पर्धामा सफल हुने योग छ।

वृष

भौतिक सुख सुविधामा वृद्धिको योग छ। आज व्यापार व्यवसायमा वृद्धि हुनको साथै आर्थिक पक्ष समेत सबल रहनेछ। चिकित्साको क्षेत्रमा समय अनुकूल रहेको छ।

मिथुन

आज आर्थिक कारोवार सबल रहनेछ। कार्यक्षेत्रमा कामको तनाव बढ्ने छ। आफ्नो कार्यलाई लिएर इमान्दार हुनुहोला। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ भने स्वास्थ्य राम्रो रहनेछ।

कर्कट
कर्कट राशि हुनेहरूलाई दिन सामान्य रहेको छ। व्यापारमा नयाँ निर्णय लिन र नयाँ वाहन किन्नको लागि समय उचित छैन। कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी मिल्नेछ।

सिंह

आज तपाईं जोश र उत्साहले भरपुर रहनुहुनेछ भने कलात्मक वा रचनात्मक क्षेत्रमा विकास हुनेछ। वैदेशिक यात्राको प्रयास सफल रहनेछ। कार्यक्षेत्रमा नसोचेको लाभ मिल्नेछ।

कन्या

नोकरी या कार्यक्षेत्र होस् समय उत्तम रहेको छ। अग्रिम बनाएका योजनाहरूबाट सफलता मिल्नेछ। पिताको पक्षबाट लाभ मिल्नेछ। प्रेम सम्बन्धलाई विवाहमा टुङ्ग्याउन सक्नुहुनेछ।

तुला

कार्यक्षेत्रमा लगनशीलताको इनाम मिल्नेछ। नोकरीमा पदोन्नतिका योग छन्। सामाजिक कार्यले लोकप्रियता बढाउनेछ। व्यापारमा पारदर्शिता राख्नुहोस्।

वृश्चिक

स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। कार्यक्षेत्रमा गरेको प्रयासहरूको प्रतिफल नमिल्ला। जो जातक होटल व्यवसायमा हुनुहुन्छ उहाँहरूको लागि यो समय लादायक रहनेछ।

धनु

धर्मकर्म साथै सामाजिक कार्यमा रुचि बढ्नेछ। आर्थिक पक्ष अनुकूल रहनेछ। सरकारी क्षेत्रमा अट्केका कार्यहरू बन्नेछन्। साझेदारी व्यापारबाट लाभ हुने योग छ।

मकर

नोकरी वा पेशामा शत्रुहरू लाग्नेछन्। धन खर्चका योग छन्। जीवन साथीको सहयोग मिल्नेछ। छरछिमेकीसँग बादविवादबाट बच्नुहोस्। बुद्धिविवेकले निर्णय लिँदा समस्या टर्न सक्छ।

कुम्भ

साझेदारी व्यवसायमा साझेदारको सहयोग मिल्नुको साथै नयाँ धन आर्जनका स्रोतहरू बढ्नेछन्। जीवन साथीसँग मनमुटाव थियो भने सुल्झिनेछ। सन्तानको पठनपाठनलाई लिएर चिन्ता रहनेछ।

मीन
आज कार्यक्षेत्रमा साथीहरूको सहयोगले रोकिएका काम शुरु हुनेछ। माताको स्वास्थ्यलाई लिएर शुभ समाचार मिल्नेछ। सकारात्मक विचारले अगाडि बढौं।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...