News Portal

रेडियो सुन्नुहोस्

रजवारामा सकियो बोक्सा लखेट्ने नाच

शशिधर भण्डारी२०८१ मङ्सिर ५
५४१ पटक
२०८१ मङ्सिर ५

प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारामा बोक्सा ‘भूतप्रेत’ लखेट्ने मेला सकिएको छ । एक वर्ष बिराएर लाग्ने मेलामा बुधवार धामी झाँक्रीहरूले कला प्रदर्शन गरेका छन् ।

पुन समुदायका स्थानीयको नेतृत्वमा भूमे पूजाका लागि कात्तिक २० गते पुजारी छनोट गरिन्छ । कात्तिक महिनाको अन्तिम सोमबार गाउँका मानिसहरू जम्मा हुन्छन् र मङ्गलवार खुङ (जङ्गलमा सिकार) हेर्न जाने परम्परा छ । मङ्सिर पहिलो मङ्गलवार जेठी भूमि भनिने भूमे पूजा सकिएपछि बुधवार झाँक्री नाच नाच्ने चलन रहेको पुजारी नारायण पुनले जानकारी दिए । भूमे पूजा प्रत्येक वर्ष गरिन्छ भने बोक्सा लखेट्ने नाच एक वर्ष बिराएर नाच्ने गरिएको उनले बताए ।

मेलामा झाँक्रीहरूले तन्त्रमन्त्र सहित नाच देखाउने चलन छ । भूतप्रेत, प्राकृतिक विपत्ति, महामारी, सङ्कटहरूबाट बचाउने जनविश्वास रहेको उक्त नाचमा मन्दिर पल्लोपट्टि हलो गाडेपछि समापन हुने स्थानीय मनोज तिर्के पुन मगरले बताए ।

उत्तरी प्यूठानको गौमुखी गाउँपालिकाका वडा नं. १ अर्खा र वडा नं. ३ रजवारामा यस्ता मेलाहरू लाग्ने गर्दछन् । अर्खामा नाच्ने नाचलाई लाटा नाच भनेर चिनिन्छ ।  हरेक साउने सङ्क्रान्तिको अर्को दिन भूमे पूजा र त्यसैसँग सम्बन्धित रहेर  १ वर्षको अन्तरमा लाटा नाच नाच्ने चलन छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...