News Portal

रेडियो सुन्नुहोस्

मङ्सिर १५ गते सम्म एमाले प्यूठानको सबै पालिकाको अधिवेशन सम्पन्न हुने

झुलेनी नेटवर्क२०८१ मङ्सिर ७
२८३ पटक
२०८१ मङ्सिर ७

नेकपा (एमाले) प्यूठान अन्तरगत पालिका कमिटीहरूको अधिवेशनको सरगर्मी बढेको छ ।

मङ्सिर ८ गतेदेखि १५ गतेसम्म नेकपा एमाले प्यूठानको पालिका अधिवेशन सम्पन्न गर्ने गरी मिति तय भएको नेकपा (एमाले) प्यूठानले जनाएको छ ।

प्यूठान जिल्लाका ९ वटा स्थानीय तह मध्य झिमरुकमा ८ ,सरुमारानी १० , माण्डवीमा १२ , गौमुखीमा १३ , नौबहिनीमा १४ , मल्लरानीमा ११ र स्वर्गद्वारी नगरपालिकाको मङ्सिर १५ गते अधिवेशनको मिति तय भएको नेकपा एमाले प्युठान प्रचार विभाग प्रमुख इश्वरा आचार्यले बताइन । प्यूठान नगरपालिकाको यसअघि नै अधिवेशन सम्पन्न भएको थियो । ऐरावती गाउँपालिकाको मिति तय भई नसकेको आचार्यले बताइन । एमाले प्युठानका अनुसार वडा अधिवेशनहरू धमाधम भइरहेका छन् । जिल्लाका ६४ वटा वडा मध्य शुक्रवार सम्म ४५ वटा वडाहरूमा अधिवेशन सम्पन्न भएको एमाले प्युठान ले जनाएको छ ।

प्रचार विभागको शुक्रवार बसेको बैठकले पालिका अधिवेशनको प्रचार प्रसारलाई तीव्रता दिने निर्णय गरेको एमाले प्रचार विभाग ले जनाएको छ । जिल्ला कमिटी प्यूठानका अध्यक्ष विजय बिराज विष्टको प्रमुख आतिथ्यतामा बसेको विभागको बैठकले अधिवेशनका गतिविधिलाई व्यापक रूपमा प्रचार प्रसार गर्ने निर्णय गरेको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

छेडियो नंगेनीभिर, खुल्यो मैरामारे–जुम्रीकाँढा सडक

प्यूठानको नौबहिनी गाउँपालिका–७,को मैरामारे देखि प्यूठान नगरपालिका–५ जुम्रीकाँढा सडक ट्याक ओपन भएको छ । स्थानीयले...

नौवहिनी गाउँपालिकाको दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

नौवहिनी गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

प्यूठानमा आंङ खस्ने महिलाको निशुल्क शल्यक्रिया शिविर सञ्चालन हुने

प्यूठान आङ खस्ने महिलाका लागी निशुल्क शल्यक्रिया सिविर संचालन हुने भएको छ । शुक्रवार स्वास्थ्य...

प्यूठान अस्पताल भवन अलपत्र, ठेकेदार बेखबर

प्यूठान अस्पताल भवन अलपत्र परेको छ । निर्माणको जिम्मा दिएको ठेकेदार बेखबर छन् । भवन...

अनेरास्ववियु र युवा संघको स्थापना दिवसमा रक्तदान तथा फलपुल वितरण

अनेरास्ववियुको ६१ औँ तथा राष्ट्रिय युवा संघको ३६ औँ स्थापना दिवसको अवसरमा प्यूठानमा रक्तदान र...