News Portal

रेडियो सुन्नुहोस्

मङ्सिर १५ गते सम्म एमाले प्यूठानको सबै पालिकाको अधिवेशन सम्पन्न हुने

झुलेनी नेटवर्क२०८१ मङ्सिर ७
७२९ पटक
२०८१ मङ्सिर ७

नेकपा (एमाले) प्यूठान अन्तरगत पालिका कमिटीहरूको अधिवेशनको सरगर्मी बढेको छ ।

मङ्सिर ८ गतेदेखि १५ गतेसम्म नेकपा एमाले प्यूठानको पालिका अधिवेशन सम्पन्न गर्ने गरी मिति तय भएको नेकपा (एमाले) प्यूठानले जनाएको छ ।

प्यूठान जिल्लाका ९ वटा स्थानीय तह मध्य झिमरुकमा ८ ,सरुमारानी १० , माण्डवीमा १२ , गौमुखीमा १३ , नौबहिनीमा १४ , मल्लरानीमा ११ र स्वर्गद्वारी नगरपालिकाको मङ्सिर १५ गते अधिवेशनको मिति तय भएको नेकपा एमाले प्युठान प्रचार विभाग प्रमुख इश्वरा आचार्यले बताइन । प्यूठान नगरपालिकाको यसअघि नै अधिवेशन सम्पन्न भएको थियो । ऐरावती गाउँपालिकाको मिति तय भई नसकेको आचार्यले बताइन । एमाले प्युठानका अनुसार वडा अधिवेशनहरू धमाधम भइरहेका छन् । जिल्लाका ६४ वटा वडा मध्य शुक्रवार सम्म ४५ वटा वडाहरूमा अधिवेशन सम्पन्न भएको एमाले प्युठान ले जनाएको छ ।

प्रचार विभागको शुक्रवार बसेको बैठकले पालिका अधिवेशनको प्रचार प्रसारलाई तीव्रता दिने निर्णय गरेको एमाले प्रचार विभाग ले जनाएको छ । जिल्ला कमिटी प्यूठानका अध्यक्ष विजय बिराज विष्टको प्रमुख आतिथ्यतामा बसेको विभागको बैठकले अधिवेशनका गतिविधिलाई व्यापक रूपमा प्रचार प्रसार गर्ने निर्णय गरेको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...