News Portal

रेडियो सुन्नुहोस्

हिंसामा महिला,घटनामा कमी आएन

शशिधर भण्डारी २०८१ मङ्सिर १२
४२९ पटक
२०८१ मङ्सिर १२
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान हरेक वर्ष नोभेम्बर २५ देखि मनाउन थालेको धेरै वर्ष भइसकेको छ । अभियान  अन्तर्गत स्थानीय तहहरूले वडा तहमै कार्यक्रम बनाउँदै आए पनि जिल्लामा महिला हिंसाका घटनामा  कमी आउन सकेको छैन ।
प्रत्येक वर्ष एक नारा सहित हिंसा विरुद्धको अभियानका नाममा बजेट सकिए पनि हिंसाका घटनाहरू घट्न छाडेका छैनन् । प्यूठानमा पछिल्लो तीन वर्षमा १ सय १२ वटा घरेलु हिंसाका घटनाहरू घटेको प्रहरीको तथ्याङ्क छ ।  प्रहरीको तथ्याङ्कले लैङ्गिक हिंसाका घटनामा समेत वृद्धि हुँदै गएको देखाएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानको तथ्याङ्क अनुसार चालु आ.व.को चार महिनामा १३ वटा घरेलु हिंसाका घटनाहरू घटेका छन् । सो तथ्याङ्क अनुसार जिल्लामा घरेलु हिंसाका घटना बढ्दै गएको देखिएको छ ।
आ.व. २०७९÷०८० मा ४६ वटा घरेलु हिंसाका घटना घटेकोमा आ.व. २०८०÷०८१ मा बढेर ५३ वटा दर्ता भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक केशव के.सी.ले जानकारी दिए । यी दुई वर्षमा घटेका घटनाहरू मध्ये सम्बन्धित निकाय गएको सङ्ख्या ४ र ७ वटा अदालतमा गएका छन् ।
जिल्लाका महिलाहरू छिमेकीबाटै हिंसामा पर्ने गरेको पाइएको छ । चालु आर्थिक वर्षमा मात्रै ५ जनाले छिमेकीबाट हिंसा खेप्नु परेको थियो । सबै घटनाको मिलापत्र गरिएको प्रहरीले जनाएको छ । आ.व. २०७९÷०८० मा ८ जना छिमेकी र ४ जना सामाजिक रूपमा पीडित थिए । आ.व. २०८०÷०८१ मा बढेर छिमेकीबाट हिंसामा परेका महिलाको १५ जना पुगेको थियो । त्यसै आ.व.मा ३ जनाले सामाजिक रूपमा हिंसा भएको भनी मुद्दा प्रहरीमा दर्ता गराएका थिए ।
पछिल्ला दिनमा घट्नामा वृद्धि हुनुमा जनसङ्ख्या वृद्धि र उजुरी दिन पीडितहरू प्रहरीसम्म आउने वातावरण मिलेकोले घटना वृद्धि भएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक दिपेश बस्यालले बताए । अभियानसँगै प्रहरीले समय समयमा चेतनामूलक कार्यक्रमहरू गर्दै आएको जनाएको छ  । ‘हाम्रा कार्यक्रम केही प्रभावकारी भएका छन्’ प्रहरी प्रमुख बस्यालले भने,‘प्रहरीसँगै सबै सरोकारवालाहरूको सहयोग विना हिंसाका घट्नामा कमी आउन सक्दैन ।’ उनले १६ दिने अभियानलाई बस्ती स्तरमा पुगेर बालविवाह, बहुविवाह, घरेलु हिंसा, लागु औषध दुर्व्यसनी लगायतका विषयमा प्रहरी निरीक्षक निरञ्जन रिजालको नेतृत्वमा कार्यक्रमहरू सुरु गरिएको जानकारी दिए ।
बर्सेनि अभियानका रूपमा कार्यक्रमहरू सञ्चालन भए पनि अशिक्षा, बेरोजगारी, गरिबी लगायतका कारण जिल्लामा सामाजिक अपराध जन्य घटनाहरूमा कमी नआएको जिल्ला समन्वय समितिका उपप्रमुख दुर्गा रेग्मीले बताइन् । ‘समाजका ऊर्जावान् युवाहरू, महिलाहरू उत्पादनशील क्षेत्रमा लगाइ आयआर्जनमा जोड्ने काम हुन सकेन’ रेग्मीले भनिन्,‘बेरोजगार भएपछि नकारात्मक कर्महरू भए, हिंसा, आत्महत्या, बालविवाह पनि त्यसैको उपज बन्यो ।’ रेग्मीले अभियानलाई बस्ती स्तरमा र नागरिकहरूलाई आर्थिक आर्जनको क्षेत्रमा जोड्नु पर्ने पहिलो आवश्यकता रहेको जिकिर गरिन ।
हिंसाका घटना हुन नदिन स्थानीयहरूले प्रत्येक वर्ष प्रतिबद्धता गर्ने गरेका छन् । तर प्रतिबद्धतालाई कार्यान्वयन गर्न नसक्दा पनि लैङ्गिक हिंसा, घरेलु हिंसा जस्ता दुर्व्यवहार भोग्न महिलाहरू बाध्य हुनुपरेको गुनासो आइरहेको छ । हिंसा प्रभावित महिलाले न्यायमा पहुँचको कमी भएको र उनीहरूको न्यायमा पहुँच बढाउनुपर्ने जरुरी रहेको नौबहिनी गाउँपालिकाका अध्यक्ष डिल बहादुर थापाले बताए । उनले घटनामा कमी ल्याउन र महिलाहरूको पहुँचमा वृद्धि गर्न गाउँपालिकाले प्राथमिकता दिएको थापाको भनाइ छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...