News Portal

रेडियो सुन्नुहोस्

चेरनेटा–बरौला सडक कालोपत्रे हुँदै

शशिधर भण्डारी२०८१ मङ्सिर १३
८३३ पटक
२०८१ मङ्सिर १३

ऐरावती गाउँपालिकाको केन्द्र बरौला पहुँच मार्गको पहुँच नजिक पुगेको छ । यस वर्ष चेरनेटा बरौला सडक कालोपत्रे गर्नेगरि ठेक्का भएपछि पालिकाको प्रमुख प्रशासकीय केन्द्र रहेको बरौलासम्मै सडक कालोपत्रे हुने भएको हो ।

प्यूठान नगरपालिका–१ चेरनेटा देखि गाउँपालिकाको केन्द्र बरौलासम्म २२ कि.मि मध्ये १० दशमलव ५ कि.मि गत वर्ष नै कालोपत्रे भइसकेको छ । बाँकी ६ कि.मि निर्माणको लागि यस वर्ष.ठेक्का मार्फत आँसु/हरीयाली जेभीले ०८२ पुस १० गते भित्र काम सक्नेगरी कामको जिम्मा लिएको छ । यस सडकमा निर्माण व्यवसायीले हिजोआज धमाधम काम गरिरहेको पूर्वाधार विकास कार्यालय प्यूठानका प्रमुख चन्द्र शाहले जानकारी दिए ।
१२ करोड ९३ लाख ६५ हजार लागत अनुमान गरेको सडक ८ करोड २६ लाख ६५ हजार ६ सय ९४ रुपैयाँमा काम सक्नेगरि निर्माण व्यबसायीले कार्यालयसंग सम्झौता गरेका छन् । काम सक्ने अवधि दुई वर्ष भएपनि यसै आर्थिक वर्षमै काम सक्नेगरि काम गरिहेको आँसु/हरीयाली जेभीका सञ्चालक बालाजु श्रेष्ठले बताए । निर्माण व्यासायिका अनुसार सडक कटानगरी फराकिलो बनाउने, ढलान गर्नुपर्ने काम सम्पन्न भइसकेका छन् । नाला निर्माण, जाली,पर्खाल निर्माणको काम अन्तिम चरणमा पुगेको श्रेष्ठले बताए ।

‘यहि असार मसान्तमै काम सम्पन्न गरिसकिन्छ’ श्रेष्ठले भने, ‘तर सरकारले यसवर्ष खर्च गर्नेगरि वजेट कम बिनियाजन गरेकाले हामलिाई भुक्तानीमा समस्या पर्ने चिन्ता छ ।’ प्रदेश सरकारले २०७७/०७८ देखि स्थानीय तहहरुको केन्द्रलाई जोड्न पहुँचमार्गको निर्माण गर्ने योजना अघि सारेको हो । नाला निर्माण गरेर ५ दशमलव ५ मिटरमा पिच गर्ने गरि ठेक्का सम्झौता भएको सडक पूर्वाधार कार्यालय प्यूठानले जनाएको छ । यो सडक निर्माण सम्पन्न भएपछि प्यूठानका ऐरावती, मल्लरानी, अर्घाखाँचीको भूमिकास्थान गाउँपालिका क्षेत्रका करिव ३० हजार जनसंख्या लाभान्वित हुने सडक पूर्वाधार कार्यालयले जनाएको छ । सडक कालोपत्रे भएपछि आफूहरुलाई आगमनमा निकै सहज हुने ऐरावती गाउँपालिका–६ विजुलीका दिपक आचार्यले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...