News Portal

रेडियो सुन्नुहोस्

एमाले नौबहिनीमा सेन र मल्लरानीमा पौडेलको नेतृत्व

झुलेनी नेटवर्क२०८१ मङ्सिर १५
३६१ पटक
२०८१ मङ्सिर १५

नेकपा एमालेको नौबहिनी र मल्लरानी पालिका कमिटीका अधिवेशन शुक्रवार सम्पन्न भएका छन्।

नौबहिनी गाउँपालिका कमिटिमा शेर बहादुर सेनको नेतृत्वमा ५९ सदस्यिय कमिटी निर्वाचित भएको छ। जसको उपाध्यक्ष भिम बहादुर घर्ती मगर, सचिव दलराज पुन मगर, उपसचिव जनक बुढा मगर र अन्जु घिमिरे रहेका छन्।

त्यस्तै मल्लरानी गाउँपालिकामा नोमराज पौडेलको नेतृत्वमा ४५ सदस्यिय कमिटी निर्वाचित भएको छ। नयाँ कमिटीको उपाध्यक्ष राम बहादुर थापा सचिव- प्रभात श्रेष्ठ उप-सचिवहरू गंगाराम पौडेल र चेमा भण्डारी रहेका छन्।

शुक्रवार सम्पन्न पालिकाका अधिवेशनमा एमाले पोलिटब्युरो सदस्य, जिल्ला इन्चार्ज, एवं प्रतिनिधिसभा सदस्य सूर्य बहादुर थापा क्षेत्री प्रमुख अतिथी, पुर्व केन्द्रिय सदस्य,केन्द्रिय सल्लाहकार परिषद सदस्य,भुमी समस्या समाधान आयोग केन्द्रिय अध्यक्ष हरिप्रसाद रिजाल, प्युठान जिल्ला अध्यक्ष बिजय बिराज बिस्ट लगायत नेताहरु विशेष अतिथीको रुपमा उपस्थित भएका थिए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...