News Portal

रेडियो सुन्नुहोस्

सांसद थापाद्वारा प्रथम भित्रिकोट प्यूठान महोत्सवको उद्घाटन

झुलेनी नेटवर्क२०८१ पौष ५
१५९ पटक
२०८१ पौष ५

प्रथम भित्रिकोट प्यूठान महोत्सवको प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले उद्घाटन गरेका छन् ।

प्यूठान उद्योग वाणिज्य सङ्घ, प्यूठान नगर इलाकाको आयोजनामा शुक्रवारदेखि सुरु भएको महोत्सवको सांसद थापाले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद थापाले जिल्लाको विकासका लागि सबैको सहकार्य हुनुपर्ने बताएका छन् । आफ्ना आवश्यकताहरू पुरा गर्नका लागि घचघच्याउन र चलायमान हुन सुझाव दिँदै सांसद थापाले स्थानीय तहको प्राथमिकता र आवश्यक योजनाको प्राथमिकिकरण बारे स्थानीय तहले नै विशेष चासो दिनुपर्ने उनले बताए ।

प्यूठान नगरपालिका–७ टीकुरीमा आजदेखि सुरु भएको महोत्सव पुस १७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । १३ दिनसम्म चल्ने महोत्सवको उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य किशोर आचार्य, प्रदेश सभा सांसदहरू तुलसीराम शर्मा र निमा गिरी, लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्णध्वज खड्का, स्थानीय तहका प्रमुखहरू लगायतले मन्तव्य राखेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बेलुवामा बेलपत्रेश्वर धार्मिक महायज्ञ सुरु

प्युठान नगरपालिका १ क्वाडी बेलुवामा सोमबारदेखि बेलपत्रेश्वर विराट धार्मिक महायज्ञ, शिव महापुराण तथा श्रृङ्गारिक गंगा...

जन्मदिनमा युरोपबाट १० लाखको बिमा उपहार

प्यूठानमा श्रीमानले श्रीमतीलाई बिमा पोलिसि उपहार दिएका छन्। स्वर्गद्वारी नगरपालिका ८ दहचौरका पदम बहादुर जि.सी....

नालापानी किल्लामा लडे,प्यूठान रम्दीका दयाराम खड्का

प्यूठानको माण्डबी गाउँपालिका ५ रम्दीकोट जन्मथलो भएका पुँवार खड्काहरुले नेपाली सेनामा पु¥याएको योगदानको राज्यले मूल्यांकन...

जिप दुर्घटनामा २ जनाको मृत्यु

सिंगल क्याप जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ लु २ च २९९० नम्बरको...

कृतिम बुद्घिमता(एआई) सम्बन्धि तालिम सम्पन्न

कृतिम बुद्घिमता(एआई) को प्रयोगसम्बन्धि तालिम प्यूठानमा सम्पन्न भएको छ। जिल्लाका ५ क्याम्पस र ५ माविमा...