News Portal

रेडियो सुन्नुहोस्

सांसद थापाद्वारा प्रथम भित्रिकोट प्यूठान महोत्सवको उद्घाटन

झुलेनी नेटवर्क२०८१ पौष ५
५७५ पटक
२०८१ पौष ५

प्रथम भित्रिकोट प्यूठान महोत्सवको प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले उद्घाटन गरेका छन् ।

प्यूठान उद्योग वाणिज्य सङ्घ, प्यूठान नगर इलाकाको आयोजनामा शुक्रवारदेखि सुरु भएको महोत्सवको सांसद थापाले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद थापाले जिल्लाको विकासका लागि सबैको सहकार्य हुनुपर्ने बताएका छन् । आफ्ना आवश्यकताहरू पुरा गर्नका लागि घचघच्याउन र चलायमान हुन सुझाव दिँदै सांसद थापाले स्थानीय तहको प्राथमिकता र आवश्यक योजनाको प्राथमिकिकरण बारे स्थानीय तहले नै विशेष चासो दिनुपर्ने उनले बताए ।

प्यूठान नगरपालिका–७ टीकुरीमा आजदेखि सुरु भएको महोत्सव पुस १७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । १३ दिनसम्म चल्ने महोत्सवको उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य किशोर आचार्य, प्रदेश सभा सांसदहरू तुलसीराम शर्मा र निमा गिरी, लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्णध्वज खड्का, स्थानीय तहका प्रमुखहरू लगायतले मन्तव्य राखेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...