News Portal

रेडियो सुन्नुहोस्

पत्रकार महासंघमा निर्वाचित झुलेनीकर्मिलाई बधाई ज्ञापन

झुलेनी नेटवर्क२०८१ पौष ७
३६७ पटक
२०८१ पौष ७

झुलेनी युनाइटेड नेटवर्क प्रा.लि.मा आवद्घ भई नेपाल पत्रकार महासंघ, जिल्ला शाखा प्यूठानमा निर्वाचित पत्रकारहरुलाई बधाइ ज्ञापन गरिएको छ । शनिवार नेटवर्कको कार्यालयमा एक कार्यक्रम गरी बधाई ज्ञापन गरिएको हो।

नेपाल पत्रकार महासंघको मङ्सिर २८ गते सम्पन्न अभिवेशनबाट नेपाल पत्रकार महासंघको जिल्ला शाखाको उपाध्यक्षमा पत्रकार एलबी थापा, सहसचिवमा शशिधर भण्डारी, समावेशी सहसचिवमा बोम बहादुर परियार, सदस्यहरुमा मधुसुदन पोखेल, तेजेन्द्र विएम निर्वाचित भएका छन् ।

प्रा.लि.का अध्यक्ष गिरु प्रसाद भण्डारी, सम्पादक हरि प्रसाद भण्डारी र कार्यकारी निर्देशक दिपा पौडेलले अविर र खादा लगाइ बधाई ज्ञापन गरेका थिए । निर्वाचित झुलेनीकर्मीलाई बधाइ दिदै अध्यक्ष भण्डारीले श्रमजिवी पत्रकारका मुद्धा र जनतको आवाज उठाउने पत्रकार उत्पादनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सुझाव दिए ।

निर्वाचित पत्रकारको तर्फबाट एलबी थापाले पत्रकार महासंघलाई वास्तविक पत्रकारको संस्थाको रुपमा उभ्याउन आफुहरुले विशेष प्राथमिकता दिने बताए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...