News Portal

रेडियो सुन्नुहोस्

आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्छ: सांसद थापा

झुलेनी नेटवर्क२०८१ पौष १२
२७० पटक
२०८१ पौष १२

प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने बताएका छन् । स्थानीय तहले स्थानीय आवश्यकताका आधारमा प्राथमिकिकरण गरेर योजनाहरूको छनोट गर्नुपर्ने बताए ।

जिल्ला समन्वय समिति प्यूठानमा बिहीबार सातौँ जिल्ला सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सांसद थापाले योजना कार्यान्वयन पूर्व सम्बन्धित निकायले योजनाको डिपिआर गर्नुपर्ने बताए । बनेका डिपिआर समेत कपि पेस्ट हुँदा कार्यान्वयनमा समस्या देखिएको बताउँदै थापाले आवश्यकता र तथ्यका आधारमा अगाडि बढ्नुपर्ने धारणा राखे ।

जिल्ला समन्वय समितिले अनुगमन र समन्वयको पाटोलाई प्रभावकारी बनाउनुपर्ने थापाले बताए । सभाको उद्घाटन कार्यक्रममा प्रदेश सांसदहरू तुलसीराम शर्मा, निमा गिरी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू लगायतले शुभकामना मन्तव्य राखेका थिए । जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख दुर्गा रेग्मीले स्वागत मन्तव्य राखेकी थिइन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...