News Portal

रेडियो सुन्नुहोस्

आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्छ: सांसद थापा

झुलेनी नेटवर्क२०८१ पौष १२
४८४ पटक
२०८१ पौष १२

प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने बताएका छन् । स्थानीय तहले स्थानीय आवश्यकताका आधारमा प्राथमिकिकरण गरेर योजनाहरूको छनोट गर्नुपर्ने बताए ।

जिल्ला समन्वय समिति प्यूठानमा बिहीबार सातौँ जिल्ला सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सांसद थापाले योजना कार्यान्वयन पूर्व सम्बन्धित निकायले योजनाको डिपिआर गर्नुपर्ने बताए । बनेका डिपिआर समेत कपि पेस्ट हुँदा कार्यान्वयनमा समस्या देखिएको बताउँदै थापाले आवश्यकता र तथ्यका आधारमा अगाडि बढ्नुपर्ने धारणा राखे ।

जिल्ला समन्वय समितिले अनुगमन र समन्वयको पाटोलाई प्रभावकारी बनाउनुपर्ने थापाले बताए । सभाको उद्घाटन कार्यक्रममा प्रदेश सांसदहरू तुलसीराम शर्मा, निमा गिरी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू लगायतले शुभकामना मन्तव्य राखेका थिए । जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख दुर्गा रेग्मीले स्वागत मन्तव्य राखेकी थिइन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...