News Portal

रेडियो सुन्नुहोस्

भित्रिकोट प्यूठान महोत्सवको अनुमति रद्द, आयोजक अन्योलमा

झुलेनी नेटवर्क२०८१ पौष १६
४२७ पटक
२०८१ पौष १६

प्यूठानमा पौष ५ गतेदेखि जारी प्रथम भित्रिकोट प्यूठान महोत्सवको सञ्चालन अनुमति रद्द गरिएको छ । महोत्सव समापन हुनुभन्दा १ दिन अगावै मङ्गलवारदेखि लागु हुने गरी महोत्सवको अनुमति रद्द गरिएको छ । प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीले आयोजक संस्था प्यूठान उद्योग वाणिज्य सङ्घ प्यूठान नगर बजार क्षेत्रलाई पत्राचार गर्दै महोत्सव सञ्चालनको अनुमति रद्द गरिएको जानकारी गराएका छन् ।

जिउ धनको असुरक्षा, जनगुनासो र विभिन्न घटनालाई कारण देखाएर मेयर योगीले आयोजकलाई अनुमति रद्द गरेको जानकारी गराएका छन् । नगरपालिकाले पौष ५ देखि १७ गतेसम्म महोत्सव सञ्चालनका लागि अनुमति दिएको थियो । सञ्चालनको अनुमति पाइसकेपछि अनुमति रद्द भएको यो जिल्लाको पहिलो घटना हो । यसअघि महोत्सवको म्याद थप्ने अभ्यास भने भएको थियो ।

प्यूठान नगरपालिकाका मेयरले महोत्सव सञ्चालनको अनुमति रद्द गरेको पत्र पटाएसँगै आयोजक संस्था प्यूठान उद्योग वाणिज्य सङ्घ, प्यूठान नगर बजार क्षेत्र भने अन्योलमा छ । कुनै परामर्शबिना नगरपालिकाले सार्वजनिक गरेको पत्रले अन्योल बनाएको सचिव कमल पौडेलले बताए । ‘सबै तयारी छ के गर्ने अन्योल छ’, पौडेलले भने- ‘नगरपालिकाले सामान्य परामर्श पनि गरेन ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...