News Portal

रेडियो सुन्नुहोस्

भित्रिकोट प्यूठान महोत्सवको अनुमति रद्द, आयोजक अन्योलमा

झुलेनी नेटवर्क२०८१ पौष १६
६५३ पटक
२०८१ पौष १६

प्यूठानमा पौष ५ गतेदेखि जारी प्रथम भित्रिकोट प्यूठान महोत्सवको सञ्चालन अनुमति रद्द गरिएको छ । महोत्सव समापन हुनुभन्दा १ दिन अगावै मङ्गलवारदेखि लागु हुने गरी महोत्सवको अनुमति रद्द गरिएको छ । प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीले आयोजक संस्था प्यूठान उद्योग वाणिज्य सङ्घ प्यूठान नगर बजार क्षेत्रलाई पत्राचार गर्दै महोत्सव सञ्चालनको अनुमति रद्द गरिएको जानकारी गराएका छन् ।

जिउ धनको असुरक्षा, जनगुनासो र विभिन्न घटनालाई कारण देखाएर मेयर योगीले आयोजकलाई अनुमति रद्द गरेको जानकारी गराएका छन् । नगरपालिकाले पौष ५ देखि १७ गतेसम्म महोत्सव सञ्चालनका लागि अनुमति दिएको थियो । सञ्चालनको अनुमति पाइसकेपछि अनुमति रद्द भएको यो जिल्लाको पहिलो घटना हो । यसअघि महोत्सवको म्याद थप्ने अभ्यास भने भएको थियो ।

प्यूठान नगरपालिकाका मेयरले महोत्सव सञ्चालनको अनुमति रद्द गरेको पत्र पटाएसँगै आयोजक संस्था प्यूठान उद्योग वाणिज्य सङ्घ, प्यूठान नगर बजार क्षेत्र भने अन्योलमा छ । कुनै परामर्शबिना नगरपालिकाले सार्वजनिक गरेको पत्रले अन्योल बनाएको सचिव कमल पौडेलले बताए । ‘सबै तयारी छ के गर्ने अन्योल छ’, पौडेलले भने- ‘नगरपालिकाले सामान्य परामर्श पनि गरेन ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...