News Portal

रेडियो सुन्नुहोस्

महोत्सवमा नयाँ स्वाद ‘रेन्बो ट्राउट’

झुलेनी नेटवर्क२०८१ पौष १३
२५६ पटक
२०८१ पौष १३

प्रथम भित्रिकोट प्यूठान महोत्सवमा रेन्बो ट्राउट माछा बिक्रीका लागि राखिएको छ । २० डिग्री सेल्सियसभन्दा कम तापक्रममा मात्र हुने उक्त माछा स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । नौबहिनी गाउँपालिका वडा नं. १ स्याउलिवाङमा पालिएको उक्त माछा बिक्रीका लागि आयोजकले निःशुल्क स्टल उपलब्ध गराएको छ ।

स्याउलिवाङका शिव घर्तीले ३० लाख लागतमा कोठिभिर फिस फर्म सञ्चालन गरेका छन् । ‘महोत्सवमा व्यापार र प्रचारका लागि स्टल राखेका छौँ।’ घर्तीले भने– ‘मूल्य महँगो भए पनि स्वास्थ्यका लागि लाभदायी छ ।’ महोत्सव स्थलमा प्रतिप्लेट ४ सय रुपैयाँ र प्रतिकिलो १६ सय रुपैयाँका दरले बिक्री भइरहेको बताए । नेपालमा उत्पादन हुने सबैभन्दा राम्रो जातको माछा रेन्बो ट्राउट सुत्केरी महिला, मुटुरोगिका लागि उपयुक्त हुने चिकित्सकहरू बताउँछन् ।

जिल्लाका २ ठाउँमा यो जातको माछा पालन गरिएको छ । गौमुखी गाउँपालिका वडा नं. १ अर्खाको कुशलसिँह थापा मगरले पनि ट्राउट माछा पालन गरेका छन् । चिसो तापक्रममा मात्र हुने यो प्रजातिको माछा महोत्सवमा पहिलो पटक ल्याइएको हो ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बीमाको विषयमा पत्रकारसंग अन्तरक्रिया सम्पन्न

बीमाको विषयमा पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम जुम्रीमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण...

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...