News Portal

रेडियो सुन्नुहोस्

खानेपानी मन्त्री थापाको बाग्दुला मच्छि पैदलयात्रा सम्पन्न

झुलेनी नेटवर्क२०८१ पौष २२
३४१ पटक
२०८१ पौष २२

लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले प्यूठान नगरपालिका वडा नं. ८ बाग्दुलादेखी झिमरुक गाउँपालिकाको मच्छिसम्म पैदलयात्रा गरेका छन् । नागरिकका गुनासा सुन्न पैदलयात्रा गरेको मन्त्री थापाले बताए ।

पैदलयात्रापछि झिमरुक गाउँपालिकामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले जिल्लाको विकास र समृद्धिका लागि आफुले हरदम पहल गर्ने बताए । झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोखरेलको अध्यक्षतामा भएको छलफल कार्यक्रममा आगामि बजेट उदाहरणिय रुपमै ल्याउने भन्दै थापाले आफूलाई जतिसुकै वेला पनि सुझाव दिन आग्रह गरे ।

बाग्दुला मच्छि सडक जिल्लाको पुरानो सडक भएपनि यसको मर्मत हुन नसकेको बताउदै मन्त्रि थापाले आफ्नो कार्यकालमा यसको स्तरोन्नती गर्ने बताए । यो सडक झिमरुक गाउँपालिका, गौमुखी गाउँपालिका, गुल्मि र बाग्लुग जिल्ला जोडने सडक हो ।

पैदलयात्रामा प्यूठान नगरपालिका उपप्रमुख देवेन्द्र वर्मा, झिमरुक गाउँ पालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल, दुवै पालिकाका जनप्रतिनिधिहरु, सडक पूर्वाधार र खानेपानी डिभिजन  कार्यालयका प्रमुख लगायतको सहभागीता थियो । 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...