News Portal

रेडियो सुन्नुहोस्

माण्डवी गाउँपालिकामा दोस्रो अध्यक्ष कप सम्पन्न

झुलेनी नेटवर्क२०८१ पौष २८
१००३ पटक
२०८१ पौष २८

माण्डवी गाउँपालिकामा दोस्रो अध्यक्ष कप आइतबार सम्पन्न भएको छ । शुक्रवारदेखि माण्डवी गाउँपालिका ३ मार्सिवाङ खेलमैदानमा सुरु भएको कपमा पुरुष भलिबल, महिला भलिबल र पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएका छन् ।

पुरुष भलिबल तर्फ माण्डवी–५ रम्दी प्रथम, माण्डवी–२ मर्कावाङ दोस्रो र माण्डवी–४ उदयपुर कोटका खेलाडी तेस्रो  भएका छन् । महिला भलिबल तर्फ माण्डवी–५ रम्दी प्रथम, माण्डवी–३ नयाँगाउँ दोस्रो र माण्डवी–४ उदयपुर कोटका खेलाडी तेस्रो भएका छन् । यस्तै क्रिकेट तर्फ माण्डवी–५ रम्दी प्रथम माण्डवी–३ नयाँगाउँ दोस्रो र माण्डवी–४ उदयपुर कोटका खेलाडी तेस्रो भएका छन् ।

सबै खेलहरूमा प्रथम हुनेलाई ४० हजार, द्धितिय हुनेलाई ३० हजार, तृतीय हुनेलाई २० हजार र हरेक विद्याका उत्कृष्ट १–१ जना खेलाडीलाई ५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरिएको छ ।

प्रतियोगिताका विजेता, रेफ्री, एम्पाएर र उत्कृष्ट खेलाडीहरूलाई गाउँपालिका अध्यक्ष नमराज अधिकारी, उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी, प्रमुख प्रशासकीय अधिकृत भिमकान्त भण्डारी लगायतले नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरेका छन् ।

पुरस्कार वितरण कार्यक्रममा विजेता खेलाडीलाई शुभकामना दिँदै पालिका अध्यक्ष अधिकारीले सहभागी सबै खेलाडीलाई खेलमा निरन्तरता र प्रगतिको कामना गरेका छन् । समापन कार्यक्रममा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र अन्य जनप्रतिनिधिले विजेता खेलाडीलाई शुभकामना दिएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...