News Portal

रेडियो सुन्नुहोस्

माण्डवी गाउँपालिकामा दोस्रो अध्यक्ष कप सम्पन्न

झुलेनी नेटवर्क२०८१ पौष २८
५१८ पटक
२०८१ पौष २८

माण्डवी गाउँपालिकामा दोस्रो अध्यक्ष कप आइतबार सम्पन्न भएको छ । शुक्रवारदेखि माण्डवी गाउँपालिका ३ मार्सिवाङ खेलमैदानमा सुरु भएको कपमा पुरुष भलिबल, महिला भलिबल र पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएका छन् ।

पुरुष भलिबल तर्फ माण्डवी–५ रम्दी प्रथम, माण्डवी–२ मर्कावाङ दोस्रो र माण्डवी–४ उदयपुर कोटका खेलाडी तेस्रो  भएका छन् । महिला भलिबल तर्फ माण्डवी–५ रम्दी प्रथम, माण्डवी–३ नयाँगाउँ दोस्रो र माण्डवी–४ उदयपुर कोटका खेलाडी तेस्रो भएका छन् । यस्तै क्रिकेट तर्फ माण्डवी–५ रम्दी प्रथम माण्डवी–३ नयाँगाउँ दोस्रो र माण्डवी–४ उदयपुर कोटका खेलाडी तेस्रो भएका छन् ।

सबै खेलहरूमा प्रथम हुनेलाई ४० हजार, द्धितिय हुनेलाई ३० हजार, तृतीय हुनेलाई २० हजार र हरेक विद्याका उत्कृष्ट १–१ जना खेलाडीलाई ५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरिएको छ ।

प्रतियोगिताका विजेता, रेफ्री, एम्पाएर र उत्कृष्ट खेलाडीहरूलाई गाउँपालिका अध्यक्ष नमराज अधिकारी, उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी, प्रमुख प्रशासकीय अधिकृत भिमकान्त भण्डारी लगायतले नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरेका छन् ।

पुरस्कार वितरण कार्यक्रममा विजेता खेलाडीलाई शुभकामना दिँदै पालिका अध्यक्ष अधिकारीले सहभागी सबै खेलाडीलाई खेलमा निरन्तरता र प्रगतिको कामना गरेका छन् । समापन कार्यक्रममा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र अन्य जनप्रतिनिधिले विजेता खेलाडीलाई शुभकामना दिएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...