News Portal

रेडियो सुन्नुहोस्

नौवहिनीमा जन्मिएका खेलाडीलाई पालिकाद्वारा सम्मान

झुलेनी नेटवर्क२०८१ पौष २९
७६२ पटक
२०८१ पौष २९

नौवहिनी गाउँपालिकाभित्र जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान पुर्‍याएका खेलाडीलाई नौवहिनी गाउँपालिकाले सम्मान गरेको छ । खेल क्षेत्रबाट योगदान गर्ने नौवहिनीमा जन्मिएका ७ जना खेलाडीलाई सम्मान गरिएको नौवहिनी गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले जानकारी दिए ।

एनपिएल विजेता टिमका राष्ट्रिय खेलाडी तुल बहादुर थापा मगर, अन्तर्राष्ट्रिय अल्ट्रा धावक दामोदर बुढा मगर, अन्तर्राष्ट्रिय अल्ट्रा धावक कराँतेतर्फका हुमि बुढा मगर, अन्तर्राष्ट्रिय प्रोफेसनल थाई बक्सिङ गुमान घर्ती मगर, राष्ट्रिय भलिबल खेलाडी कमला साही, अन्तर्राष्ट्रिय कराँते खेलाडी नमराज राना मगर र यु–१६ राष्ट्रिय खेलाडी करण घर्ती मगरलाई सम्मान गरिएको हो ।

सम्मानित हुने प्रत्येक खेलाडीलाई २० हजार नगद, सम्मान पत्र र मायाको चिनो प्रदान गरिएको छ । गाउँपालिका अध्यक्ष दिल बहादुर थापा, उपाध्यक्ष विष्णा थापा, प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेल लगायतले खेलाडीलाई सम्मान गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...