News Portal

रेडियो सुन्नुहोस्

नौवहिनीमा जन्मिएका खेलाडीलाई पालिकाद्वारा सम्मान

झुलेनी नेटवर्क२०८१ पौष २९
४२४ पटक
२०८१ पौष २९

नौवहिनी गाउँपालिकाभित्र जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान पुर्‍याएका खेलाडीलाई नौवहिनी गाउँपालिकाले सम्मान गरेको छ । खेल क्षेत्रबाट योगदान गर्ने नौवहिनीमा जन्मिएका ७ जना खेलाडीलाई सम्मान गरिएको नौवहिनी गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले जानकारी दिए ।

एनपिएल विजेता टिमका राष्ट्रिय खेलाडी तुल बहादुर थापा मगर, अन्तर्राष्ट्रिय अल्ट्रा धावक दामोदर बुढा मगर, अन्तर्राष्ट्रिय अल्ट्रा धावक कराँतेतर्फका हुमि बुढा मगर, अन्तर्राष्ट्रिय प्रोफेसनल थाई बक्सिङ गुमान घर्ती मगर, राष्ट्रिय भलिबल खेलाडी कमला साही, अन्तर्राष्ट्रिय कराँते खेलाडी नमराज राना मगर र यु–१६ राष्ट्रिय खेलाडी करण घर्ती मगरलाई सम्मान गरिएको हो ।

सम्मानित हुने प्रत्येक खेलाडीलाई २० हजार नगद, सम्मान पत्र र मायाको चिनो प्रदान गरिएको छ । गाउँपालिका अध्यक्ष दिल बहादुर थापा, उपाध्यक्ष विष्णा थापा, प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेल लगायतले खेलाडीलाई सम्मान गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...