प्यूठानको सरुमारानी गाउँपालिका २ दर्भान बजारमा डस्विनमा फालेको नवजात शिशुको शव फेला परेको छ । फोहोर फाल्ने डस्विनमा शिशुको शव फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीय प्रहरी घटनास्थलमा पुगिसकेको छ भने घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली त्यसतर्फ लागेको छ । स्थानीयले डस्विनमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । नवजात अवस्थाको शिशु मृत्यु भएको जस्तो देखिने अवस्थामा डस्विनमा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले बताए ।
बच्चाको शव कस्ले र किन फाल्यो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।