News Portal

रेडियो सुन्नुहोस्

कालिका प्राविका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

झुलेनी नेटवर्क२०८१ माघ ९
२७८ पटक
२०८१ माघ ९

कालिका प्राथमिक विद्यालय प्यूठान नगरपालिका ४ बिजुवारमा अध्ययनरत बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

मल्लरानी गाउँपालिका –४ मा घर भई पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रहेका राजु श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा ७० जना विपन्न परिवारका विद्यार्थीहरुलाई ५५ हजार रुपैयाँ बराबरको कपडा वितरण गरेका हुन ।

बुधवार कालिका प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन्जु नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्यूठान नगरपालिकाका संस्थापक मेयर अर्जून कुमार कक्षपति रहेका थिए ।

कार्यक्रममा बोल्दै कक्षपतिले समाजसेवी श्रेष्ठले गत वर्ष पनि स्वर्गद्धारी आश्रमका पुजारीहरुलाई न्यानो कपडा सहयोग गरेको भन्दै यस बर्ष पनि विद्यालयका बालबालिकालाई कपडा सहयोग गरेर राम्रो सामाजिक कार्य गरेकोे बताए ।

त्यस्तै विद्यालयका प्रधानाध्यापक सुदनकुमार कक्षपतिले जाडोको बेला विपन्न परिवारका बालबालिकालाई गरेको उक्त सहयोगले विद्यार्थीको पठनपाठनमा समेत टेवा पुग्ने विश्वास लिएको बताए । २०४६ सालमा स्थापना भएको विद्यालयमा हाल एक सय १४ जना विद्याथीले अध्ययन गर्दै आएका थिए । जसमध्य विपन्न परिवारका ७० जना विद्यार्थी बालबालिका लाइ कपडा वितरण गरिएको बताए ।

सहयोगदाता राजु श्रेष्ठलाई प्यूठान नगरपालिका –४ का वडा अध्यक्ष रेशम कार्कीले धन्यवाद दिंदै जन्मदिनको शुभकामना व्यक्त गरेका छन् ।

विद्यालयको प्राङगणमा गरिएको कार्यक्रममा प्यूठान नगरपालिका वडा नं.–३ का वडाध्यक्ष सुमन राज श्रेष्ठ , वडा नं.–४ का निवर्तमान वडाध्यक्ष अध्यक्ष लक्ष्मी प्रकाश राजभण्डारी , लायन्स क्लव अफ भित्रीकोटका अध्यक्ष महेश कुमार कक्षपति, प्रहरी, पत्रकार, अविभावक लगायतको उपस्थिति रहेको थियो ।

सहयोगदाता श्रेष्ठको जन्मदिन गत शनिबार परेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...