News Portal

रेडियो सुन्नुहोस्

कालिका प्राविका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

झुलेनी नेटवर्क२०८१ माघ ९
४०४ पटक
२०८१ माघ ९

कालिका प्राथमिक विद्यालय प्यूठान नगरपालिका ४ बिजुवारमा अध्ययनरत बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

मल्लरानी गाउँपालिका –४ मा घर भई पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रहेका राजु श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा ७० जना विपन्न परिवारका विद्यार्थीहरुलाई ५५ हजार रुपैयाँ बराबरको कपडा वितरण गरेका हुन ।

बुधवार कालिका प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन्जु नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्यूठान नगरपालिकाका संस्थापक मेयर अर्जून कुमार कक्षपति रहेका थिए ।

कार्यक्रममा बोल्दै कक्षपतिले समाजसेवी श्रेष्ठले गत वर्ष पनि स्वर्गद्धारी आश्रमका पुजारीहरुलाई न्यानो कपडा सहयोग गरेको भन्दै यस बर्ष पनि विद्यालयका बालबालिकालाई कपडा सहयोग गरेर राम्रो सामाजिक कार्य गरेकोे बताए ।

त्यस्तै विद्यालयका प्रधानाध्यापक सुदनकुमार कक्षपतिले जाडोको बेला विपन्न परिवारका बालबालिकालाई गरेको उक्त सहयोगले विद्यार्थीको पठनपाठनमा समेत टेवा पुग्ने विश्वास लिएको बताए । २०४६ सालमा स्थापना भएको विद्यालयमा हाल एक सय १४ जना विद्याथीले अध्ययन गर्दै आएका थिए । जसमध्य विपन्न परिवारका ७० जना विद्यार्थी बालबालिका लाइ कपडा वितरण गरिएको बताए ।

सहयोगदाता राजु श्रेष्ठलाई प्यूठान नगरपालिका –४ का वडा अध्यक्ष रेशम कार्कीले धन्यवाद दिंदै जन्मदिनको शुभकामना व्यक्त गरेका छन् ।

विद्यालयको प्राङगणमा गरिएको कार्यक्रममा प्यूठान नगरपालिका वडा नं.–३ का वडाध्यक्ष सुमन राज श्रेष्ठ , वडा नं.–४ का निवर्तमान वडाध्यक्ष अध्यक्ष लक्ष्मी प्रकाश राजभण्डारी , लायन्स क्लव अफ भित्रीकोटका अध्यक्ष महेश कुमार कक्षपति, प्रहरी, पत्रकार, अविभावक लगायतको उपस्थिति रहेको थियो ।

सहयोगदाता श्रेष्ठको जन्मदिन गत शनिबार परेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...