News Portal

रेडियो सुन्नुहोस्

प्रेस चोैतारी सरुमारानीको पहिलो अधिवेशन सम्पन्न

झुलेनी नेटवर्क२०८१ माघ १०
६५८ पटक
२०८१ माघ १०

प्रेस चौतारी नेपाल सरुमारानी गाउँपालिकाको पहिलो अधिवेशन बिहिबार सरुमारानीमा सम्पन्न भएको छ ।

संगठनका केन्द्रिय सदस्य सलिम मियाको प्रमुख आतिथ्यतामा भएको अधिवेशनबाट शिशिर रायमाझी अध्यक्ष रहेको ११ सदस्यिय पालिका कमिटी गठन गरिएको छ । जसको उपाध्यक्ष जीवन घर्ती, सचिव प्रतिक्षा सुनार, सहसचिव रुद्र पुन मगर र कोषाध्यक्ष आकाश के सी निर्वाचित भएका छन् ।

अधिवेशनमा मन्तब्य राख्दै प्रमुख अतिथि मियाँले समृद्घ समाज निर्माणका लागि प्रेस जगतको भूमिका महत्वपूर्ण हुने बताए। पछिल्लो समय सामाजिक सञ्जालमा फेक न्युज बढ्दै गईरहेको भन्दै सत्य र तथ्य सम्प्रेसण गर्नुपर्ने उनको भनाई छ।

जिल्लाका ५ स्थानीय तहको अधिवेशन सम्पन्न भएको र बाँकी ४ स्थानीय तहमा अधिवेशनको तयारी भईरहेको चौतारीले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...