News Portal

रेडियो सुन्नुहोस्

प्रेस चोैतारी सरुमारानीको पहिलो अधिवेशन सम्पन्न

झुलेनी नेटवर्क२०८१ माघ १०
४५३ पटक
२०८१ माघ १०

प्रेस चौतारी नेपाल सरुमारानी गाउँपालिकाको पहिलो अधिवेशन बिहिबार सरुमारानीमा सम्पन्न भएको छ ।

संगठनका केन्द्रिय सदस्य सलिम मियाको प्रमुख आतिथ्यतामा भएको अधिवेशनबाट शिशिर रायमाझी अध्यक्ष रहेको ११ सदस्यिय पालिका कमिटी गठन गरिएको छ । जसको उपाध्यक्ष जीवन घर्ती, सचिव प्रतिक्षा सुनार, सहसचिव रुद्र पुन मगर र कोषाध्यक्ष आकाश के सी निर्वाचित भएका छन् ।

अधिवेशनमा मन्तब्य राख्दै प्रमुख अतिथि मियाँले समृद्घ समाज निर्माणका लागि प्रेस जगतको भूमिका महत्वपूर्ण हुने बताए। पछिल्लो समय सामाजिक सञ्जालमा फेक न्युज बढ्दै गईरहेको भन्दै सत्य र तथ्य सम्प्रेसण गर्नुपर्ने उनको भनाई छ।

जिल्लाका ५ स्थानीय तहको अधिवेशन सम्पन्न भएको र बाँकी ४ स्थानीय तहमा अधिवेशनको तयारी भईरहेको चौतारीले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...