News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा माघ २२ गते देखी महिलाको पाठेघरको मुखको क्यान्सर विरुद्दको खोप दिइने

बोम बहादुर परियार२०८१ माघ १५
४१७ पटक
२०८१ माघ १५

प्यूठानमा माघ २२ देखी २८ गते सम्म महिलाको पाटेघरको मुखको क्यान्सर विरुद्दको खोप दिइने भएको छ ।
जिल्लाका १५० विद्यालयका १३ हजार ४ सय ४६ जना विद्यालय स्तरका किशोरी र २१७ जना समुदाय स्तरका किसोरी गरि १३ हजार ७६३ जना किसोरीहरुलाइ पाठेघरको मुखको क्यान्सर विरुद्दको (एच.पि.भी) खोप दिन लागीएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मदुसुदन खड्काले जानकारी दिए ।

ह्युमन प्यापिलोमा भाइरस (एच.पि.भी) को कारणले पाठेघरको मुखको क्यान्सर हुने हुदा यस विरुद्द खोप दिन लागिएको हो । नेपाल सरकारले देशव्यापी रुपमा यहि माघ २२ गते देखी फागुन २८ सम्म सक्ने गरि यो अभियान लिएको छ ।
कक्षा ६ देखी १० सम्म अध्ययनरत छात्राहरुलाइ खोप दिइनेछ । प्यूठान जिल्लामा कोहीपनि किसोरिहरु नछुट्ने गरि अभियानलाइ सफल पार्ने लक्ष्य लिएको खड्काले जानकारी दिए ।

उक्त खोप १० देखी १४ बर्ष उमेरका किसोरी बाहेक अरु महिलाहरुलाइ र गर्भवती महिलालाइ दिन नमिल्ने उनले बताए । जिल्लाका विभिन्न विद्यालय र स्वास्थ्य संस्थामा संचालन गरिने उक्त खोप अभियान सम्पन्न गर्नको लागी २५० जना स्वास्थ्यकर्मी र ४५० जना स्वयंसेवकहरु खटिने छन ।
स्वास्थ्य कार्यालयले एक कार्यक्रम गरि खोप अभियानबारे जानकारी दिएको छ। जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीको अध्यक्षतामा गरिएको कार्यक्रमको प्रमुख अतिथि लुम्वीनी प्रदेसका सम्सद निमा गिरी रहेकी थिइन । कार्यक्रममा बोल्दै उनले महिलाको पाठेघरको सम्मानको लागी खोप अभियान प्रभावकारी रहेको बताइन । उनले जिल्लाका विद्यालयहरुमा किसोरकिसोरिको लागी वितरण गरिने सेनेटेरी प्याड कमजोर प्रकृतीको भएको हुदा धेरैलाइ एलर्जीको समस्या रहेको बताउदै उनले जिल्लाका स्थानिय तहहरुले गुणस्तरिय सेनेटेरी प्याड खरिद गरि वितरण गर्न आग्रह गरेकी हुन ।
स्वास्थ्य कार्यालय प्यूठानमा गरिएको कार्यक्रमको संचालन स्वास्थ्य कार्यालय प्यूठानका कोल्डचेन निरिक्षक कोशल राज वैद्यले गरेका थिए ।

कार्यक्रममा विशेष अतिथीको रुपमा लुम्वीनी प्रदेसका सम्सद धनलक्ष्मी श्रेष्ठ, प्यूठान अस्पतालका प्रमुख डाक्टर ओम अर्याल , जिल्ला प्रसासनका प्रतिनिधी , मल्लरानी ग्रामिण विकास सस्थाका प्रमुख,नेपाल प्रहरी, ससस्त्र प्रहरी जिल्लाका पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...