News Portal

रेडियो सुन्नुहोस्

अम्बिका मा.वि.मा निर्मित मन्दिरको उद्घाटन

झुलेनी नेटवर्क२०८१ माघ २१
१३६३ पटक
२०८१ माघ २१

अम्बिका माध्यमिक बिधालय नौबहिनी ८ फाेप्लिमा स्थापना भएको सरस्वती मन्दिरकाे उद्घाटन भएको छ। नौबहिनी गाउपालिका अध्यक्ष दिल बहादुर थापाले गरेका छन ।

मन्दिर उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष थापाले समुदायको मौलिक संस्कार सस्कृति हराइरहेकाे अबस्थामा सार्वजनिक तथा सामाजिक कामले समुदायको आपसि एकतामा महत्त्वपूर्ण याेग्दान पुर्याउने बताए । पछिल्लो समय विकृती मौलाउँदै गएको भन्दै थापाले बालबालिकालाई गलत बिचारबाटा टाढा राख्न अभिभावकहरु सचेत हुनुपर्ने बताएका छन । गाउपालिकाले शिक्षा सुधारकालागि सुक्ष्म रुपमा अध्ययन गरि आगामि बर्ष विशेष कार्यक्रम सञ्चालन गर्ने बताएका छन ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सदस्य तारा बिकले समुदायको सर्वाङ्गिण बिकासका लागि मन्दिर निर्माण महत्त्वपूर्ण रहेकाे बताएकि छन । पत्रकार महासङ्घ प्युठानका अध्यक्ष श्रीराम भण्डारीले समाजमा सकारात्मक बिकासका लागि निजि लगानिमा सरस्वति मन्दिर निर्माणले बालबालिकामा भावनात्मक रुपमा सिकाइ बिकास गर्न सहयाेग मिल्ने बताएका छन ।

स्थानीय दुर्गाप्रसाद भण्डारी, भेषराज भण्डारी र मेगराज भण्डारीले आफ्नो बुवाको संझनामा ३ लाखको लगानिमा मन्दिर निर्माण गरेका हुन्।

त्यस्तै, अम्बिका माध्यमिक बिध्यालयमा २ वटा अक्षयकोष स्थापना गरिएको छ।

स्थानीय दुर्ग प्रसाद भण्डारी र गोविन्द सुवेदीले दुई छुट्टाछुट्टै अक्षयकोष स्थापना गरेका हुन।

दुबै अक्षयकोषको राशि ५० हजारको रहेको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...