News Portal

रेडियो सुन्नुहोस्

४३ औं मगर दिवस प्यूठानमा पनि मनाइयो

झुलेनी नेटवर्क२०८१ फागुन १५
२९३ पटक
२०८१ फागुन १५

जिल्लाका मगर समुदायले आज ४३ औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाएका छन् ।

दिवसको अवसरमा मल्लरानीको चुँजाठाटी , नौबहिनीको बाहाने, सरुमारानीको बड्डाडा, गौमुखीको अर्खा लगायतका स्थानहरुमा आज विभिन्न सांस्कृतिक कार्यक्रमहरु सम्पन्न भएका छन् ।

आयोजित कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतीसँगै मगर संस्कृति झल्कने भेषभुषा, मगर पहिचानका झाँकी तथा र्याली सहित पञ्चेबाजा प्रदर्शन गरिएको थियो भने मगर समुदायमा बन्ने खानाका परिकारहरु राखिएको थियो ।

नेपाल मगर संघको स्थापना भएको दिनका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएको छ ।

नौ वटा स्थानीय तह रहेको प्यूठानका ४ स्थानीय तहले बिदा दिएका छन् । मल्लरानी गाउँपालिका, सरुमानी गाउँपालिका, ऐरावती गाउँपालिका र गौमुखी गाउँपालिकाले स्थानीय बिदा दिएका हुन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...