News Portal

रेडियो सुन्नुहोस्

४३ औं मगर दिवस प्यूठानमा पनि मनाइयो

झुलेनी नेटवर्क२०८१ फागुन १५
५२९ पटक
२०८१ फागुन १५

जिल्लाका मगर समुदायले आज ४३ औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाएका छन् ।

दिवसको अवसरमा मल्लरानीको चुँजाठाटी , नौबहिनीको बाहाने, सरुमारानीको बड्डाडा, गौमुखीको अर्खा लगायतका स्थानहरुमा आज विभिन्न सांस्कृतिक कार्यक्रमहरु सम्पन्न भएका छन् ।

आयोजित कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतीसँगै मगर संस्कृति झल्कने भेषभुषा, मगर पहिचानका झाँकी तथा र्याली सहित पञ्चेबाजा प्रदर्शन गरिएको थियो भने मगर समुदायमा बन्ने खानाका परिकारहरु राखिएको थियो ।

नेपाल मगर संघको स्थापना भएको दिनका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएको छ ।

नौ वटा स्थानीय तह रहेको प्यूठानका ४ स्थानीय तहले बिदा दिएका छन् । मल्लरानी गाउँपालिका, सरुमानी गाउँपालिका, ऐरावती गाउँपालिका र गौमुखी गाउँपालिकाले स्थानीय बिदा दिएका हुन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...