News Portal

रेडियो सुन्नुहोस्

हानिकारक छ

रिश्मा थापा
१२१७ पटक

चुरोटको तलतल लाग्दा

सुटुक्क चर्पीमा छिर्छु,

नशामा झुम्न मन लागे

लुसुक्क भट्टीमा पुग्छु,

अर्को दिन चोक, चोकमा पुगेर,

अर्ति उपदेश दिन्छु….

धुमपान नगर, स्वास्थ्यको लागि हानिकारक छ ।

मद्यपान नगर स्वास्थ्यको लागि हानिकारक छ।।

कहिले काँही

झनक्क रिस उठ्छ,

आवेगमा मन थाम्नै सक्दिनँ,

घरकीका टाउकोका रौँ गन्छु

मुखमा आएजति भन्छु,

आमालाई त म गन्दै गन्दिनँ

छिमेकी दिदीबहिनी हुन् भन्दिनँ,

अर्को दिन चोकमा पुग्छु

अनि पुरानै उपदेश छाट्छु…

महिला हिंसा नगर, परिवारका लागि हानिकारक छ

महिला हिंसा नगर, समाजका लागि हानिकारक छ

***

चिने जत्तिसँग सापटी माग्छु

सके तिर्छु नसके लुकेर हिँड्छु,

आज नगद भोलि उधारो देख्दा देख्दै पनि

उधारो पाइन्न भन्ने जान्दा जान्दै पनि

उधारो लिन्छु र चोकमा पुग्छु

अनि सगर्व उपदेश दिन्छु…

पैसाको कारोबार साथीभाइमा हानिकारक छ ।

उधारो कारोबार साथी भाइमा हानिकारक छ ।।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...