News Portal

रेडियो सुन्नुहोस्

थापाडाँडा–कार्कीडाँडा क्षेत्रमा खानेपानी समस्या, ट्रान्सफर्मर मर्मतमा पहल भएन

झुलेनी नेटवर्क२०८२ बैशाख १९
७३८ पटक
२०८२ बैशाख १९

प्यूठान नगरपालिका–४,स्थित थापा डाँडा–कार्की डाँडा क्षेत्रमा खानेपानी चरम अभाव भएको छ । थापा डाँडा–कार्की डाँडा लिफ्ट खानेपानी योजनाको ट्रान्सफर्मर बिग्रेका कारण खानेपानीको अभाव भएको हो ।

दुई वर्ष पहिले प्रदेश समपूरक योजना अन्तर्गत प्यूठान नगरपालिका मार्फत निर्माण गरिएको योजनाको ट्रान्सफर्मर एक साता अघि बिग्रेको स्थानीय बताउँछन् । यस क्षेत्रका १ सय ७० उपभोक्ताले पानीको समस्या भोग्न परेको प्यूठान नगरपालिका ४ का वडाध्यक्ष रेशम कार्कीले बताए ।  ट्रान्सफर्मर  मर्मत गर्न नगरपालिकामा पहल गरिरहेको कार्कीले बताए । वडाध्यक्ष मार्फत नगरप्रमुखसँग गुनासो गरेको एक साता हुँदासम्म सुनुवाइ नभएको उपभोक्ता समिति अध्यक्ष खड्कबहादुर भण्डारीले  बताए ।

प्यूठान नगरपालिकाको प्रमुख प्रशासकीय भवन नजिकैबाट लिफ्ट गरेर योजना निर्माण गरिएको छ । योजनामा पानी नियमित नहुँदा  थापा डाँडा, कार्की डाँडा र भेदाखर्कका स्थानीय खानेपानीको चरम अभाव झेल्न बाध्य छन्  ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...