News Portal

रेडियो सुन्नुहोस्

थापाडाँडा–कार्कीडाँडा क्षेत्रमा खानेपानी समस्या, ट्रान्सफर्मर मर्मतमा पहल भएन

झुलेनी नेटवर्क२०८२ बैशाख १९
५३८ पटक
२०८२ बैशाख १९

प्यूठान नगरपालिका–४,स्थित थापा डाँडा–कार्की डाँडा क्षेत्रमा खानेपानी चरम अभाव भएको छ । थापा डाँडा–कार्की डाँडा लिफ्ट खानेपानी योजनाको ट्रान्सफर्मर बिग्रेका कारण खानेपानीको अभाव भएको हो ।

दुई वर्ष पहिले प्रदेश समपूरक योजना अन्तर्गत प्यूठान नगरपालिका मार्फत निर्माण गरिएको योजनाको ट्रान्सफर्मर एक साता अघि बिग्रेको स्थानीय बताउँछन् । यस क्षेत्रका १ सय ७० उपभोक्ताले पानीको समस्या भोग्न परेको प्यूठान नगरपालिका ४ का वडाध्यक्ष रेशम कार्कीले बताए ।  ट्रान्सफर्मर  मर्मत गर्न नगरपालिकामा पहल गरिरहेको कार्कीले बताए । वडाध्यक्ष मार्फत नगरप्रमुखसँग गुनासो गरेको एक साता हुँदासम्म सुनुवाइ नभएको उपभोक्ता समिति अध्यक्ष खड्कबहादुर भण्डारीले  बताए ।

प्यूठान नगरपालिकाको प्रमुख प्रशासकीय भवन नजिकैबाट लिफ्ट गरेर योजना निर्माण गरिएको छ । योजनामा पानी नियमित नहुँदा  थापा डाँडा, कार्की डाँडा र भेदाखर्कका स्थानीय खानेपानीको चरम अभाव झेल्न बाध्य छन्  ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...