News Portal

रेडियो सुन्नुहोस्

मेयरलाई कालोमोविल लगाएलगत्तै नगरपालीकाले निकाल्यो यस्तो विज्ञप्ती

सिखबर संवाददाता२४, पौष प्यूठान
१८२१ पटक
२४, पौष प्यूठान

स्वर्गद्धारी नगरपालीकाकाले आज एक विज्ञप्ती जारी गर्दै ‘हाम्रो नियन्त्रणमा छस्’ भन्ने धम्कि दिदै मेयर नेत्र वहादुर रोकायमाथि आक्रमण गर्नेमाथि कारवाहि गर्न माग गरेको छ।

नगरपालीकाको योजना शाखामा वसेर छलफल गरिरहेका वेला दिउसो १ः२५ वजे प्रज्वलनसिल पदार्थ खन्यायर आक्रमण गरि नगरपालिकाको नियमित कामकाजमा समेत वाधा पुर्याउन खोजिएको विज्ञप्तीमा उल्लेख छ। नगरपालीकाले उक्त घटनालाई ‘अराजक र गैह्रकानुनी’ भन्दै यथासिघ्र कानुनि कारवाहि गर्न सम्वन्धित निकाएको ध्यानाकर्षण गराएको हो।

साथै नगरपालीकाका नियमित काम सुचारु रहेको समेत विज्ञप्तीमा जनाईएको छ।

उक्त घटनाको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको छ। विप्लवको पार्टीको नाममा वेनामि चेक काटी आर्थिक अनियमितता गरेको, योजनामा कार्यकर्ता भर्ति गरि फर्जि विल वनाएको लगाएतका आरोप उक्त पार्टीले लगाएको छ।

नगरपालिकाका मेयर रोकायले आफुमाथि लगाईएका आरोपहरु निराधार र तथ्यहिन रहेको वताए।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...