स्वर्गद्धारी नगरपालीकाकाले आज एक विज्ञप्ती जारी गर्दै ‘हाम्रो नियन्त्रणमा छस्’ भन्ने धम्कि दिदै मेयर नेत्र वहादुर रोकायमाथि आक्रमण गर्नेमाथि कारवाहि गर्न माग गरेको छ।
नगरपालीकाको योजना शाखामा वसेर छलफल गरिरहेका वेला दिउसो १ः२५ वजे प्रज्वलनसिल पदार्थ खन्यायर आक्रमण गरि नगरपालिकाको नियमित कामकाजमा समेत वाधा पुर्याउन खोजिएको विज्ञप्तीमा उल्लेख छ। नगरपालीकाले उक्त घटनालाई ‘अराजक र गैह्रकानुनी’ भन्दै यथासिघ्र कानुनि कारवाहि गर्न सम्वन्धित निकाएको ध्यानाकर्षण गराएको हो।
साथै नगरपालीकाका नियमित काम सुचारु रहेको समेत विज्ञप्तीमा जनाईएको छ।
उक्त घटनाको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको छ। विप्लवको पार्टीको नाममा वेनामि चेक काटी आर्थिक अनियमितता गरेको, योजनामा कार्यकर्ता भर्ति गरि फर्जि विल वनाएको लगाएतका आरोप उक्त पार्टीले लगाएको छ।
नगरपालिकाका मेयर रोकायले आफुमाथि लगाईएका आरोपहरु निराधार र तथ्यहिन रहेको वताए।